जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • तीन वाणिज्य बैंकहरुले ऋणपत्र निष्कासनका लागि दिए निवेदन

तीन वाणिज्य बैंकहरुले ऋणपत्र निष्कासनका लागि दिए निवेदन

पछिल्लो समय ऋणपत्र निष्कासनका लागि थप तीन  वाणिज्य बैंकहरुले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक र कृषि विकास बैंकले ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएका हुन । कृषि विकास बैंकले ४ प्रतिशत ब्याजदरको एग्रिकल्चर बोण्ड नामक  ऋणपत्र निष्कासन गर्नका लागि बैशाख १३ गते निवेदन दिएको हो ।

बैंकले रू. ४ अर्ब बरावरको ४० लाख कित्ता ऋणपत्र मध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता विभिन्न संघसंस्थाहरुका लागि विक्री गर्नेछ । कृषि विकास बैंकको ऋणपत्र विक्री प्रबन्न्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै लक्ष्मी बैंकले रू. २ अर्ब बरावरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बैशाख ६ गतेनै बोर्डमा निवेदन दिएको हो । कुल कित्तामध्य १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता विभिन्न संघसंस्थाहरुका लागि जारी गर्नेछ लक्ष्मी बैंकको ऋणपत्र विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

माछापुच्छ्रे बैंकले भने रू. ३ अर्ब बरावरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बैशाख १५ गते निवेदन दिएको हो । बैंकले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि विक्री गर्नेछ भने १८ लाख कित्ता विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।  विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङग लिमिटेड रहेको छ

 

3230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका