जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ११ विकास बैंकहरुको ११ महिनाको नाफा डरलाग्दो, पहिलो मुक्तिनाथ विकास बैंक, दोस्रो गरिमा विकास बैंक, तेस्रोमा साइन रेसुङ्गा डेभलपमेण्ट बैंक, चौथो महालक्ष्मी विकास बैंकः ६ विकास बैंक घाटामा !

११ विकास बैंकहरुको ११ महिनाको नाफा डरलाग्दो, पहिलो मुक्तिनाथ विकास बैंक, दोस्रो गरिमा विकास बैंक, तेस्रोमा साइन रेसुङ्गा डेभलपमेण्ट बैंक, चौथो महालक्ष्मी विकास बैंकः ६ विकास बैंक घाटामा !

नेपालमा वाणिज्य बैंक मात्रै होइन विकास बैंकहरुको पनि २०८० जेष्ठ मसान्त भित्रको नाफा आश्चर्यजनक मात्रै छैन पत्याउनै नसकिने छ भन्दा अब चाहि फरक पर्दैन । एउटा विग्रेको कर्जालाई अर्को धितो त्यही समूह वा व्यक्तिलाई दिएर पटक÷पटक ब्याज र साँवा लिएर नाफा देखाउने विकास बैंकहरुको कथा पनि डरलाग्दो छ । लेख्दा दर्जनौ पाना भरिने कथा छ तर, हामीले नाफाका लागि जे पनि गर्न तयार हुने विकास बैंकहरु सच्चिनु पर्दछ मात्रै यस पटक भनेका छौं । नत्र प्रमाण सहित हामी समाचार दिन बाध्य हुनेछौं । देशमा आर्थिक मन्दी छ । कर्जा गएको छैन । पूराना कर्जाको साँवा ब्याज उठेको पनि छैन । रातारात लिलाम गरेका धितो विक्री भएको अवस्था पनि छैन । तर, विकास बैंकहरुको नाफा गत वर्ष यही अवधी भन्दा बढि कसरी आयो यो खोजीकै विषय अब बनेको छ । गर्भनर साव हेक्का होस् ।

नक्कली नाफा कसको लागि हो गर्भनर साब ? जेष्ठ मसान्तसम्म राष्ट्र बैंककै तथ्याङ्क हेर्ने हो भने मुक्तिनाथ विकास बैंकले १ अर्ब ९ करोड खुदनाफा कमाएर फेरि पहिलो बन्न सफल भएको छ । दोस्रोमा गरिमा विकास बैंक छ । उसले ८२ करोड २३ लाख खुदनाफा कमाएको छ । तेस्रोमा साइन रेसुगा विकास बैंक छ यसले ७० करोड ४५ लाख खुदनाफा देखाएको छ । चौथो महालक्ष्मी विकास बैंक छ । यसले ६६ करोड भन्दा बढि खुद नाफा देखाएको छ । भन्दा फरक पर्दैन ।

कर्जा नउठेपछि प्रोभिजन डरलाग्दोरुपमा बढेर खराब कर्जा ४÷५ प्रतिशत भन्दा बढि पुगेको देखिन्छ । तर, नाफा घुमाउरो पारामा देखाउने र म सबै भन्दा बलियो, ठूलो, डरलाग्दो बैंक हुँ भन्ने होडबाजी विकास बैंक भित्र शुरु भएको मात्रै छैन । डरलाग्दोरुपमा देखापरेको छ । गर्भनर साब हेक्का होस् । नाफा कसरी भयो यो सहि छ कि छैन यसबारेमा राष्ट्र बैंकले छानबीन टोली नै बनाएर अब छानवीन नगरे जनताको डिपोजिट डुब्ने निश्चित देखिन्छ । नक्कली नाफा कसको लागि हो गर्भनर साब ? जेष्ठ मसान्तसम्म राष्ट्र बैंककै तथ्याङ्क हेर्ने हो भने मुक्तिनाथ विकास बैंकले १ अर्ब ९ करोड खुदनाफा कमाएर फेरि पहिलो बन्न सफल भएको छ । दोस्रोमा गरिमा विकास बैंक छ । उसले ८२ करोड २३ लाख खुदनाफा कमाएको छ । तेस्रोमा साइन रेसुगा विकास बैंक छ यसले ७० करोड ४५ लाख खुदनाफा देखाएको छ । चौथो महालक्ष्मी विकास बैंक छ । यसले ६६ करोड भन्दा बढि खुद नाफा देखाएको छ । भन्दा फरक पर्दैन । चालु आर्थिक वर्षको पहिलो ११ महिनाको अवधिमा विकास बैंकहरुले ५ अर्ब बढी खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउन देखि २०८० जेठसम्मको अवधिमा विकास बैंकहरुले कुल ५ अर्ब १० करोड खुद नाफा गरेका हुन् ।

ग्रीन डेभलपमेन्ट बैंकले ४ करोड ९५ लाख खुद नाफा कमाएको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ९२ लाख खुद नफा कमाएको छ । अघिल्लो महिना कर्णाली डेभलपमेन्ट बैंक नाफामा रहेकोमा यस महिना घाटामा गएको देखिन्छ । कर्णालीसहित सप्तकोशी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सालपा विकास बैंक भने घाटामा रहेका छन् । जस सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नोक्सानी सबैभन्दा धेरै २८ करोड ६२ लाख रहेको छ ।

जस मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक १ अर्ब ९ करोड खुद नाफा कमाएको छ । त्यस्तै गरिमा विकास बैंकले ८२ करोड २३ लाख खुद नाफा कमाउँदा शाइन रेसुंगाको खुद नाफा ७० करोड ४५ लाख रहेको छ । त्यस्तै महालक्ष्मी विकास बैंकले ६६ करोड ७७ लाख खुद नाफा कमाएको छ भने लुम्बिनी विकास बैंकले ५२ करोड ४४ लाख खुद कमाएको छ । अघिल्लो महिना महालक्ष्मी विकास बैंक भन्दा लुम्बिनी विकास बंैक अगाडी रहेकबोमा यस महिना महालक्ष्मीले लुम्बिनी विकास बैंकलाई पछि पारेको छ । सबै भन्दा कम नाफा कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक रहेको छ । ग्रीन डेभलपमेन्ट बैंकले ४ करोड ९५ लाख खुद नाफा कमाएको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ९२ लाख खुद नफा कमाएको छ । अघिल्लो महिना कर्णाली डेभलपमेन्ट बैंक नाफामा रहेकोमा यस महिना घाटामा गएको देखिन्छ । कर्णालीसहित सप्तकोशी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सालपा विकास बैंक भने घाटामा रहेका छन् । जस सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नोक्सानी सबैभन्दा धेरै २८ करोड ६२ लाख रहेको छ । त्यस्तै एक्सेलको खुद नोक्सानी ८ करोड ९७ लाख रहेको छ भने नारायणीको खुद नोक्सानी ४ करोड ६ लाख रहेको भेटिएको छ । यो अपरिस्कृत विवरण भएकोले बैंकहरुको अन्तिम खुद नाफा भने फरक पर्न सक्ने देखिन्छ । सचेत भया ।

1755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका