जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • डिशहोमको सहयोगमा एफर्आडीई चेस वर्ल्ड कपमा राष्ट्रिय च्याम्पियन रुपेश जैसवाल सहभागी हुँदै

डिशहोमको सहयोगमा एफर्आडीई चेस वर्ल्ड कपमा राष्ट्रिय च्याम्पियन रुपेश जैसवाल सहभागी हुँदै

नेपालका प्रतिभाशाली राष्ट्रिय चेस खेलाडी रुपेश जैसवाललाई प्रायोजन गर्ने भएको छ।

स्थानीय प्रतिभालाई बढावा दिन र चेसको खेललाई प्रवर्द्धन गर्नका लागि डिश मिडिया नेटवर्क लिमिटेडले प्रतिष्ठित एफआईडीई चेस वर्ल्ड कप २०२३ मा प्रतिनिधित्व गर्ने तयारीमा रहेका जैसवाललाई प्रायोजन गर्ने भएको हो।

एफआईडीई चेस वर्ल्ड कप २०२३ बाकु, अजरबैजानमा, ३० जुलाईदेखि २४ अगस्टसम्म हुँदैछ। विश्वभरका शीर्ष चेस खेलाडीहरु प्रतिस्पर्धा गर्ने प्रतियोगितामा रुपेश जैसवालको यात्राले डिश मिडिया नेटवर्कका लागि प्रतिभाशाली व्यक्तिहरुको लागि समर्थन प्रदान गर्ने र आफ्नो ब्रान्डलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने अवसरका रुपमा लिएको छ।

कम्पनीले जैसवाललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमार्फत एफआईडीई चेस विश्वकप २०२३ मा सहभागी हुन आवश्यक आर्थिक सहयोग गर्नेछ। कम्पनीको यो प्रयासले स्थानीय प्रतिभालाई सशक्तीकरण गर्न र नेपालमा चेस खेलको विकासमा योगदान पुर्याउन विश्वास लिएको छ।

2850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका