जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • कामना सेवा बैंकद्वारा उपत्यका ट्राफिक कार्यालयलाई कोन हस्तान्तरण

कामना सेवा बैंकद्वारा उपत्यका ट्राफिक कार्यालयलाई कोन हस्तान्तरण

कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी महानिरिक्षक पोषराज पोखरेललाई २०० थान ट्राफिक कोन र १०० थान सोमा जडान हुने रड हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा वोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत थकालीले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाज/राष्ट्र निर्माणमा योगदान पुर्याउने महत्वपूर्ण भुमिकामा रहेको कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गर्न पाँउदा गौरवान्वित महशुस हुनुका साथै उक्त ट्राफिक कोनहरुले काठमाडौं महानगरको ट्राफिक व्यवस्थापन र नियन्त्रणमा सहयोग पुग्ने बैंकले विश्वास लिएकोे बताए ।

ट्राफिक कार्यालयका प्रमुख नायव प्रहरी महानिरिक्षक पोषराज पोखरेलले ट्राफिक कोन ट्राफिक अनुशासन र सभ्यता सिकाउने महत्वपूर्ण साधन भएकोले बैंकले जनसरोकारको यस क्षेत्रमा अमूल्य योगदान गरी निकै सराहनीय कार्य गरेकोमा बैंक परिवारप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

1705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?