जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेप्सेमा मेगा म्युचुअल फण्ड–१ को इकाई सुचिकृत

नेप्सेमा मेगा म्युचुअल फण्ड–१ को इकाई सुचिकृत

मेगा क्यापिटलको ब्यबस्थापनमा निष्काशन भएको मेगा म्युचुअल फण्ड–१ को इकाई नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएको छ। आज मंगलबार फण्डको प्रति इकाई १० रुपैयाँ अंकित दरको  १२ करोड ५० लाख इकाई नेप्सेमा सुचिकृत भएको हो  । 

इकाई सुचिकृत भएसंगै बुधबारबाट इकाई खरीद बिक्रि गर्न सकिने छ  । MMF1 सिम्बलबाट यसको कारोबार हुने छ। यस योजनाको आकार एक अर्ब पच्चिस करोड रहेको छ । योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ रहेको छ । 

यस निष्काशनमा १,६३,६४६ आवेदकहरुबाट करिब २०,१४,५५,६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको थियो, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी हो । निष्काशनमा १०० इकाई देखि ३ लाख ५० हजार इकाईसम्म आवेदन माग गर्ने १,५५,८६४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिएको थियो भने ५ लाख देखि १ करोड इकाईसम्म आवेदन गर्ने ३४ जना आवेदकहरुलाई ४३६,३३० इकाई बाँडफाँड गरिएको थियो ।  बाँकि रहेको २९० इकाई ३४ जना मध्ये २९ जना आवेदकहरुलाई गोलाप्रथा मार्फत थप १० इकाई बाँडफाँड गरिएको थियो ।

6010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका