जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ४० करोड प्रकरणमा अर्थमन्त्री मुछिएपछि व्यवसायी शाहले मुख खोले

४० करोड प्रकरणमा अर्थमन्त्री मुछिएपछि व्यवसायी शाहले मुख खोले

व्यवसायी पृथ्वी बहादुर शाहले नेपाल राष्ट्र बैंकले आफुलाई फसाउनको लागि भ्रामक समाचार छाप्न लगाएको दाबी गरेका छन्। अमेरिकाबाट आएको शंकास्पद ४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय भन्ने समाचार प्रकाशन भएपछि उनले पत्रकार सम्मलेन गरि समाचार भ्रामक रहेको भन्दै आफुलाई न्याय दिलाईदिन अपिल गरेका हुन् ।

उनले आफ्नो ४० करोड रोक्का भएको नभई १२ लाख अमेरिकी डलर अर्थात् करिब रु १४ करोड रोक्का रहेको बताएका हुन्।  समाचारमा दुई महिनादेखि रकम रोकिएको भनिएको भए पनि आफ्नो रकम दुई वर्षदेखि रोकिएको उनले बताएका हुन्। त्यस्तै समाचारमा आफुलाई माओवादी पार्टीका कार्यकर्ता भनि तोकिएको भए पनि हालसम्म कुनै पनि पार्टी सदस्य नरहेको दाबी गरेका छन्।

आफु विगत १६ वर्षदेखि  होली डे एन्ड ट्राभल्स, पे सेफ रेमिटेन्स, हार्डवयर एक्पोट/इम्पोर्ट व्यावसाय, रियल स्टेट व्यावसायमा संलग्न रहेको उनले बताएका छन् ।  विगत दुई वर्ष बन्दाबन्दी हुनुपुर्वदेखि विभिन्न बैंकहरूमा ट्राभल्स र रेमिटेन्सको प्रयोजनका लागि नेपालमा घुम्न आउने तथा लगानी गर्न आउने उद्देश्यले विदेशी कम्पनीमार्फत विदेशी नागरिकले कम्पनीमा रकम पठाएको उनले बताएका छन्। सो रकमलाई राष्ट्र बैंकले खाता रोक्का गरी छानविन गर्न सिआइबिमा पठाएको र सिआइबीको अनुसन्धानबाट केही कमजोरी फेला नपरेपपिछ थप अनुसन्धान गर्न भनि सम्पत्ती सुद्धीकरण अनुसन्धान विभागमा पठाएको उनले स्वीकार गरेका छन्।

यद्यपि सम्पत्ती सुद्धीकरण विभागले अनुसन्धान गर्दा कुनै पनि कमजोरी नदेखिएपछि २०७८ माघ १७ गते खाता फुकुवाका लागि राष्ट्र बैंकलाई पत्र लेखि पठाएको उनले बताएका छन्।  सो पत्र प्राप्त हुँदा पनि हालसम्म राष्ट्र बैंकले विभिन्न बहाना बनाएर खाता फुकुवा नगरेको उनले गुनासो गरेका छन् । सो अवस्था सिर्जना भएपछि आफुले अर्थमन्त्रीलाई सम्बोधन गरी न्याय दिन अनुरोध गर्दै निवेदन दिएकोउनले बताएका छन्।

उनका अनुसार सम्पत्ती सुद्धीकरण विभागले २०७८ चैत २० गते अनुसन्धानबाट कुनै पनि कैफियत नभएको भनि खाता फुकुवा गरिदिन चिठी पठाएको थियो।  राष्ट्र बैंकले कुनै पनि कारणबाट आफुलाई फसाउन नसक्ने भएपछि त्यहाँका अधिकारीबाट पत्रकारलाई झुटा र भ्रमक तथ्य दिएर समाचार छपाएको कि भन्ने आफुलाई लागेको उनले बताएका छन्।

उनले राष्ट्र बैंकले आफ्नो खाता फुकुवा नगर्दा  दुई वर्षको अवधिमा आफ्नो आर्थिक कारोबार डामाडोल भइ ६० जना कर्मचारीलाई तलब दिन नसकेको बताएका छन् । आफ्नो सम्पूर्ण चलअचल सम्पत्ती बेचबिखन गरेर कारोबारलाई निन्तरता दिएको उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन् ‘मैले आफूले चढ्दै आएको गाडीसमेत बेचेर कर्मचारीलाई तलब खुलाएको अवस्था छ। साथीभाइ र विभिन्न वित्तीय संस्थाबाट ऋण लिएको ऋण तीर्न नसक्दा म मानशिक रुपमा प्रताडित भएको छु । देशमा केही गरौं भन्ने युवालाई यस खालको प्रताडन दिइन्छ भने देशको आर्थिक विकास कसरी हुन्छ ?’

यो सीलसीलामा राष्ट्र बैंकको आधिकारीहरूलाई पैसा दिएर काम गरिदिन्छौं भन्दै विभिन्न दलालहरू सम्पर्कमा आई सो रकमको २५ प्रतिशत करिब रु तीन करोड माग गरेको पनि उनले बताएका छन्। सो विषय इन्कार गर्दै कमजोरी भए सम्पूर्ण रकम जफत गर्न चुनौति दिएको उनले बताए । सोही कारण यी परिस्थिती सिर्जना भएको जानकारी गराउँदै उनले आफुलाई न्याय दिन आग्रह गरेका छन्।

आफ्नो कारणबाट अर्थमन्त्री जनार्दन शर्माको नाम जोडेकोप्रति उनले दुखेसो व्यक्त गरेका छन् । साथै उनले आफ्नो नाम लिएर लेखिएका समाचारमा कुनै पनि सत्यता नरहेकाले सो भ्रममा नपर्न उनले आग्रह गरेका छन्।

4055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका