जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेपालमै पहिलोपटक एलईडी बोर्डमा स्मार्ट क्यूआरको नोटिफिकेसन सेवा सुरु

नेपालमै पहिलोपटक एलईडी बोर्डमा स्मार्ट क्यूआरको नोटिफिकेसन सेवा सुरु

स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध मर्चेन्टहरुले एलईडी बोर्डमा  क्यूआर भुक्तानीको रियल–टाइम अलर्ट प्राप्त गर्न सक्ने भएका छन्।

क्यूआरमार्फत हुने भुक्तानी वृद्धि हुँदै गइरहेको समयमा कारोबार भएपछि कारोबार पूर्ण भएको जानकारीका लागि कुर्नुपर्ने बाध्यता थियो। टेलिकम नेटवर्कमा समस्या आउँदा वा एसएमएस प्राप्तिमा ढिलाइ हुँदा तथा कहिलेकाहीँ एसएमएस प्राप्त नहुँदा मर्चेन्टहरुलाई कारोबार पूरा भएको यकिन गर्न कठिन भइरहेको थियो।

यसका साथै ग्राहकको चाप धेरै भएको मर्चेन्ट लोकेसनमा  एसएमएसमार्फत कारोबारको यकिन गर्दा समय खेर जाने समस्या थियो। त्यसैगरी एसएमएस प्राप्त हुन नसकेको अवस्थामा कारोबार यकिन गर्न नसक्दा ग्राहक तथा मर्चेन्ट दुवै लाई अप्ठ्यारो भइरहेको थियो।

एससीटीले मर्चेन्टहरुलाई मोबाइल तथा वेब लगइनमार्फत पनि कारोबार हेर्न, पैसा जम्मा तथा फिर्ता गर्न मिल्ने सुविधा सुरुआती दिनहरुदेखि नै दिँदै आइरहेको छ। सोही कारोबारको अलर्ट प्राप्तिकै लागि मोबाइल तथा वेब लगइन चलाई राख्नसमेत कारोबार धेरै हुने ठाउँमा झन्झटिलो तथा समय खर्चिनुपर्ने परिस्थिति थियो।

अब एलईडी स्क्रिनमा कारोबार भएलगत्तै कारोबारको रकम देखिने हुँदा कारोबार पूर्ण भए नभएको सहजै यकिन गर्न सकिने छ। एलईडी स्क्रिन जडान गर्न सजिलो र सरल छ। यसलाई एससीटीले प्रदान गर्ने मोबाइल एप्लिकेसनद्वारा सजिलै कन्फिगर गर्न सकिन्छ।

स्मार्ट क्यूआरमा आबद्ध बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरुद्वारा स्मार्ट क्यूआरमा दर्ता भएका कुनै पनि मर्चेन्टहरुले यो सुविधा लिन सक्नेछन्। मोबाइल एपद्वारा नै नेटवर्क तथा स्क्रिनको ब्राइटनेस पनि मिलाउन सकिन्छ।

स्क्रिनमै कारोबारको रकम देख्न सकिने भएकाले भीडभाड तथा हल्लाखल्ला हुने ठाउँमा यो प्रविधि निकै नै उपयुक्त तथा प्रभावकारी छ।

पाथीभरा सेन्सर सोलुसनको सहकार्यमा स्मार्ट च्वाइस टेक्नोलोजीले यो सेवा सुरु गरेको हो। सेवा लिन इच्छुक ग्राहकले स्मार्ट क्यूआरमा आबद्ध बैक तथा वालेटहरुमा गई यो सुविधाका लागि आवेदन दिन सक्नेछन्।

870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका