जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कुमारी बैंक र ईएमएफ माइक्रोफाइनान्स फन्डबीच व्यावसायिक ऋण सम्झौता

कुमारी बैंक र ईएमएफ माइक्रोफाइनान्स फन्डबीच व्यावसायिक ऋण सम्झौता

कुमारी बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै ग्राहकको मागलाई ध्यानमा राख्दै नवीन र ग्राहकमैत्री योजनाहरु ल्याउँदै आएको छ। सोही मागलाई मध्यनजर गर्दै कुमारी बैंकले EMF Microfinance Fund, AGmvk, Liechtenstein सँग व्यावसायिक ऋण सम्झौता गरेको छ।

ईएमएफ माइक्रोफाइनान्स फन्डसँगको सहकार्यमार्फत कुमारी बैंकले सान तथा मझौला क्षेत्रलाई किफायती कर्जा पहुँचका साथ सशक्तिकरण गर्ने लक्ष्य राखेको छ। जसले आर्थिक उन्नतिका लागि नयाँ अवसर सिर्जना गर्न मद्दत गर्दछ।

यसअघि कुमारी बैंकले महिला सशक्तीकरण ऋण र महिला स्वामित्व भएका एमएसएमइजलाई सहयोग गर्न माइक्रोफाइनान्स एन्हान्समेन्ट सुविधा एसए, एसआईसीएभी–एसआईएफसँग ईसीबी सफलतापूर्वक पूरा गरिसकेको छ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०७ एटीएम तथा ६३ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ। आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ।

2420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका