जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मञ्जुश्री फाइनान्स र एनआईबिएल एस क्यापिटलबीच सम्झौता

मञ्जुश्री फाइनान्स र एनआईबिएल एस क्यापिटलबीच सम्झौता

मञ्जुश्री फाइनान्स लिमिटेड ले रु ५०,००,००,००० (अक्षेरेपि रु पचास करोड मात्र) वरावर रकमको १०.५ ५ ब्याज दरमा ८ वर्षे अवधिको ऋणपत्र जारी गर्नको लागी निष्काशन तथा विक्रि प्रवन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड संग एक संझौता गरेको छ ।

चुक्ता पूँजी रु ८१ करोड ८१ लाख र रु १९ करोड ७२ लाख संचित कोष रहेको यस वित्तिय संस्थाले ऋणपत्र जारी पश्चात प्राप्त पूजी वाट संस्थाको थप ब्यापार विस्तार र लगानीकर्ताको प्रतिफलमा उल्लेख्य वृद्धि हुने अपेक्षा रहेको छ ।

यस संस्थाको चैत्र २०७६ सम्म रु. ८ अर्ब १० करोड निक्षेप संकलन तथा रु. ६ अर्ब ७० करोड कर्जा लगानी रहेको छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ ,बुटवल , धनगढी , इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।

यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ ।

6440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका