जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मुख्य सूचकहरुमा सूर्यज्योति लाइफको सन्तोषजनक प्रगति

मुख्य सूचकहरुमा सूर्यज्योति लाइफको सन्तोषजनक प्रगति

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार मर्जरपछि सूर्यज्योति अधिकांश सूचकमा बलियो देखिएको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले जीवन बीमा कोषको आकार ३२ प्रतिशतले बढाएको छ। यस अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड १६ लाख रुपैयाँभन्दा बढी सञ्चित रहेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा २० अर्ब ३५ करोड रुपैयाँमात्रै सञ्चिति रहेको थियो।

जीवन बीमा कोषसँगै कम्पनीले जगेडा र महाविपत्ति कोषको आकारसमेत बढाउन सफल भएको छ। जगेडा कोष ७२.४९ प्रतिशतले बढेर कोषमा २ अर्ब ४८ करोड रुपैयाँ र महाविपत्ति कोष १९.५२ प्रतिशत बढेर कोषमा ३२ करोड ५७ लाख रुपैयाँभन्दा बढी सञ्चित रहेको छ।

कोषहरुको आकार बढे पनि सूर्यज्योति लाइफको व्यवसाय भने अघिल्लो आर्थिकको तुलनामा गत आर्थिक वर्षमा सामान्य घट्न पुगेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ८ अर्ब ५१ करोड रुपैयाँमात्रै प्रिमियम कलेक्सन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ८ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी प्रिमियम कलेक्सन गरेको थियो।

कम्पनीले समीक्षा अवधिसम्म कर्जा, लगानी तथा अन्यबाट हुने आम्दानीसमेत ११.९३ प्रतिशतले बढाएर २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ। ११ लाख ३० हजार ५७५ कायम पोलिसी संख्या रहेको कम्पनीले असार मसान्तसम्म २ अर्ब ४ करोड १८ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ।

लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी वृद्धिसँगै कम्पनीको खुद मुनाफा २३.१८ प्रतिशतले वृद्धि भई असार मसान्तसम्म ४६ करोड ३ लाख ८७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ३७ करोड ३७ लाख रुपैयाँमात्रै नाफा कमाएको थियो।

यता कम्पनीको व्यवस्थापन खर्च ७.८३ प्रतिशतले घट्नुका साथै अभिकर्ता कमिसन पनि १७.७९ प्रतिशतले घटेर ९१ करोड ६६ लाख ७६ हजार रुपैयाँमा कायम भएको छ। अघिल्लो आर्थिक वर्षसम्ममा कम्पनीले अभिकर्ता कमिसनका लागि १ अर्ब ११ करोड ५० लाख रुपैयाँ छुट्याएको थियो।

असार मसान्तसम्म कम्पनीको चुक्तापुँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५.०३ रुपैयाँले घटेर १०.१३ रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा ईपीएस १५.१६ रुपैयाँ थियो।

त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १६१.८४ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७८४.८२ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६०.२३ गुणा रहेको छ।

880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका