जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकमा तीन डेपुटी गभर्नर राख्न प्रस्ताव

राष्ट्र बैंकमा तीन डेपुटी गभर्नर राख्न प्रस्ताव

नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको सङ्ख्या थप गर्न सांसदहरूले राष्ट्र बैंक ऐनमा संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रतिनिधि सभामा दर्ता भएको संशोधन विधेयकमा डेपुटी गभर्नरको सङ्ख्या दुईबाट बढाएर तीन पुर्‍याउने र थपिने तेस्रो डेपुटी गभर्नर राष्ट्र बैंक बाहिरका विज्ञबाट नियुक्त गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशील खड्का, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेश मल्ल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले छुट्टाछुट्टै रूपमा यस्तो संशोधन प्रस्ताव दर्ता गराएका हुन् । संसद् सचिवालयका अनुसार राष्ट्र बैंक ऐन संशोधन विधेयकमा जम्मा १८ जना सांसदले संशोधन दर्ता गराएका छन् ।

सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावमा राष्ट्र बैंकको सञ्चालक समितिलाई थप समावेशी बनाउनुपर्ने माग पनि गरिएको छ । हाल सात सदस्य रहने सञ्चालक समितिलाई बढाएर नौ सदस्यीय बनाउने र त्यसमा कम्तीमा एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने प्रस्तावमा उल्लेख छ ।

हालको व्यवस्था अनुसार राष्ट्र बैंकका अधिकृत विशिष्ट श्रेणी (कार्यकारी निर्देशक) हरूमध्येबाट गभर्नरले रिक्त पदको दोब्बर सङ्ख्यामा सिफारिस गर्ने र त्यसमध्येबाट मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने प्रावधान छ । गत फागुनमा दुवै डेपुटी गभर्नरको पद रिक्त भए पनि सरकारले हालसम्म एक जनालाई मात्र नियुक्त गरेको छ भने अर्को पद अझै खाली रहेको छ ।

185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका