जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेपाल लाइफ र एलआईसीको नाफामा छलाङ: ग्रोथमा सन नेपाल, आइएमई र सिटिजन अघि, खस्किए एशियन र मेट लाइफ

नेपाल लाइफ र एलआईसीको नाफामा छलाङ: ग्रोथमा सन नेपाल, आइएमई र सिटिजन अघि, खस्किए एशियन र मेट लाइफ

गत वर्ष जीवन बीमा कम्पनीहरुले साढे ४ अर्ब बढी खुद नाफा कमाएका छन् । कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष संचालनमा रहेका १४ वटा कम्पनीहरुले ४ अर्ब ६४ करोड ९ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । जुन, अघिल्लो आवको तुलनामा भने ५४.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले ३ अर्ब १ करोड १७ लाख रुपैयाँ नाफा कमाएका थिए । समिक्षा अवधिमा अधिकांश कम्पनीहरुको नाफा बढेको छ । १० कम्पनीले नाफा बढाएका छन्, तर चार वटाको नाफा घटेको छ ।

अघिल्लो वर्ष ऋणात्मक रहेको नेपाल लाइफ र एलआईसीले गत वर्ष भने सुधार गरेका छन् । नेपाल लाइफले गत वर्ष ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन, अन्य बीमा कम्पनीहरुको भन्दा धेरै हो । तर, अघिल्लो आवमा भने कम्पनी ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

यस्तै, अघिल्लो आवमा ८ करोड ७४ लाख ७९ हजार रुपैयाँ नोक्सानीमा रहेको एलआईसी नेपालले पनि नाफामा उल्लेख्य सुधार गरेको छ । गत वर्षको असार मसान्तसम्म आईपुग्दा कम्पनीले १२ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्ष नाफा बढाउन भने सन नेपाल लाइफ अगाडि देखिएको छ । कम्पनीले एक वर्षमै १६४ प्रतिशतले नाफा वृद्धि गरि ५८ करोड १३ लाख २४ हजार रुपैयाँ पुर्याएको छ । तर, अघिल्लो आवमा कम्पनीको नाफा २१ करोड ४६ लाख रुपैयाँ मात्रै थियो ।
आइएमई लाइफ पनि नाफा वृद्धिमा खप्पिस नै देखिएको छ । समिक्षा अवधिमा कम्पनीको खदु नाफा ८७.१७ प्रतिशतले बढेर २४ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

तेस्रो स्थानमा भने सिटिजन लाइफ देखिएको छ । अघिल्लो वर्षको तुलनामा सिटिजनले ६५.८८ प्रतिशतले नाफा बढाएको छ । गत वर्ष कम्पनीले २० करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, समिक्षा अवधिमा रिलायवल नेपालको नाफा ५७.२७ प्रतिशतले बढेर ४३ करोड २२ लाख, प्रभु महालक्ष्मीको ४४.६८ प्रतिशतले बढेर १० करोड ५० लाख रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै नाफा कमाउनेको दोस्रो सूचीमा भने हिमालयन लाइफ छ । कम्पनीले गत वर्ष ५८ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ ।

यता, सूर्यज्योति लाइफ पनि धेरै नाफा कमाउने कम्पनीको शीर्षस्थानमै छ । कम्पनीले गत वर्ष ४६ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरि सानिमा रिलायन्सको नाफा पनि ३७.८८ प्रतिशतले बढेर २१ करोड ९३ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा नेशनल लाइफको नाफा पनि ५०.६८ प्रतिशतले घटेर ३६ करोड ४५ लाख रुपैयाँ कायम भएको छ । यता, मेट लाइफको नाफा पनि खस्किएको छ । कम्पनीको नाफा ३९.६५ प्रतिशतले घटेर ३५ करोड ९९ लाख रुपैयाँमा झरेको छ ।

समिक्षा अवधिमा एशियन लाइफको नाफामा १७.६८ प्रतिशतको गिरावट आएको छ । यस्तै, राष्ट्रिय बीमा संस्थानको नाफा १.९३ प्रतिशतले घटेको छ ।

1075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका