जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेप्सेमा दोहोरो अंकको वृद्धि, बैंकिङ र हाइड्रोमा आकर्षण

नेप्सेमा दोहोरो अंकको वृद्धि, बैंकिङ र हाइड्रोमा आकर्षण

सेयर बजार परिसूचक नेप्से यो साताको पहिलो कारोबार दिनमा नै दोहोरो अङ्कले बढेको छ । साताको पहिलो कारोबार दिन आइतरबार बजार परिसूचक नेप्से २७.३८ प्रतिशतले बढेर २८७०.३८ अङ्कमा बन्द भएको छ ।

गत बिहीबार २८४३ अङ्कमा बन्द भएको नेप्से आज ०.९६ प्रतिशतले बढेको छ । आज बजारमा २ करोड कित्ताभन्दा माथि सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब नाघेको छ । २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १६ करोड ७४ लाख ३३ हजारको कारोबार भएको छ ।

बैंकिङ र हाइड्रोपावर उपसूचकले तानेको बजारमा विकास बैंक, वित्त कम्पनी, निर्जीवन बिमा, जीवन बिमा र होटेल तथा पर्यटन उपसूचकमा भने गिरावट भएको छ । आज नेप्सेमा हाइड्रोपावर उपसूचक सवार्धिक ३.६७ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि २.०१ बढेको छ । यता वित्त कम्पनी उपसूचक १.७६ प्रतिशत, विकास बैंक उपसूचक १.३६ प्रतिशत होटेल तथा पर्यटन उपसूचक १.१९ प्रतिशतले घटेका छन् ।

हाइड्रोपावर र बैंकिङ क्षेत्र पर्दा नेसनल हाइड्रोपावरको सवार्धिक ४० करोड ७० लाख २६ हजारको कारोबार भएको छ । यस्तै सेन्चुरी कमर्सियल बैंकको ३७ करोड ७३ लाख ७६ हजार र नेपाल पुनर्बिमा कम्पनीको ३४ करोड १८ लाख ३८ हजारको कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको मध्ये सेञ्चुरी कमर्सियल बैंक र अपर तामाकोशीको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।

युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य ७.२५ प्रतिशत रिडी हाइड्रोपावरको सेयर मूल्य २.२६ प्रतिशत र सिभिल बैंकको सेयर मूल्य ६.०९ प्रतिशतले बढेको छ ।

गोर्खाज फाइनान्सको सेयरमूल्य ४.३७ प्रतिशतले ओरालो लाग्दा प्रोगेसिभ फाइनान्सको ३.५५ प्रतिशत र रिलायन्स फाइनान्स ३.३५ प्रतिशत र नारायणी डेभलमेन्ट बैंकको सेयर मूल्य ३.३२ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९६ कम्पनीको घटेको छ ।

4425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?