जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बिमा प्राधिकरणको अध्यक्षका लागि शरद ओझासहित ५ जना सर्टलिस्टमा

बिमा प्राधिकरणको अध्यक्षका लागि शरद ओझासहित ५ जना सर्टलिस्टमा

नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि शरद ओझासहित ५ जना सर्टलिस्टमा परेका छन् । अध्यक्ष छनोट समितिले ओझासहित कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला र रामशरण पुडाशैनीलाई अन्तर्वार्तामा बोलाएको हो ।
बिमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाले आवेदन दिएका थिए ।

अध्यक्षका लागि क्लिकमान्डुका विषेश संवाददाता एवं वरिष्ठ प्रबन्धक शरद ओझासहित बिमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी, बिमा समितिका तत्कालीन अध्यक्ष चिरञ्जिवी चापागाईं, पूर्वराजस्व सचिव रामशरण पुडासैनी, डा. दामोदर बसौला लगायत १२ जनाले आवेदन दिएका थिए ।

बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई अख्तियार दुरुपयोग अुनसन्धान आयोगले नागरिकता सम्बन्धी कसुरमा मुद्दा दायर गरेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त छ । उनको कार्यकाल करिब १ महिना बाँकी थियो ।

सरकारले पुस २६ गते अध्यक्षका लागि १५ दिनको समय दिएर अध्यक्षका लागि आवेदन खुलाएको थियो । अध्यक्ष छनोट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा अर्थसचिव र ज्योतिचन्द्र ओझा सदस्य रहेका छन् ।

आवेदन दिएकामध्ये ५ जनालाई छनोट गरेर उनीहरुको कार्य योजना सहितको प्रस्तुती पछि तीन जनाको सर्ट लिस्ट अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा पठाउने छ । मन्त्रिपरिषदले ३ जनाबाट १ जनालाई आगामी ४ वर्षका लागि अध्यक्षमा चयन गर्ने छ ।

रेग्मी बिमा प्राधिकरणका निर्देशक हुन् भने चापागाईं साविकको बिमा समितिका अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

क्लिकमान्डुका विषेश संवाददाता एवं वरिष्ठ प्रबन्धक रहेका ओझा प्राध्यापन पेसामा पनि संलग्न छन् । अधिवक्तासमेत रहेका उनीसँग पोलिसी कन्सल्टिङको काम गरेको अनुभव छ । त्यस्तै पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् । कृषि विकास बैंकका अध्यक्ष पुडासैनी अर्थ मन्त्रालयमा राजस्व सचिव तथा संस्थान समन्वयन महाशाखामा काम गरिसकेको छन् भने नेपाल बिमा प्राधिकरण ऐनको मस्यौदा बनाउने क्रममा उनी मन्त्रालयमै थिए । दामोदर बसौला स्वास्थ्य बिमा बोर्डका पूर्वअध्यक्ष हुन् ।

1775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका