जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खराब नीतिकै कारण अर्थतन्त्र थप चुनौतीपूर्ण: अर्थमन्त्री

खराब नीतिकै कारण अर्थतन्त्र थप चुनौतीपूर्ण: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले खराब नीतिकै कारण मुलुकको अर्थतन्त्र थप चुनौतीपूर्ण अवस्थामा पुगेको बताउनुभएको छ । नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले आगामी बजेटबारे सुझाव दिनका लागि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।

कमजोर सरकारी संरचना र अनुसन्धानबिना लादिएका नीतिका कारण सरकारले अपेक्षित आर्थिक वृद्धि र विकास निर्माणका गतिविधि संचालन गर्न नसकेको उहाँले बताउनुभयो ।

विगतका वर्षहरुमा अबलम्बन गरिएका खराब नीतिका कारण अहिले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको उहाँको भनाइ छ । अहिले देखिएका समस्या यसअघि लागू गरिएका नीतिको उपज रहेको उहाँले बताए । संस्थागत सुधारका लागि पनि आफूले पहल गरेको उहाँले बताउनुभयाे ।

3560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका