जोडिनुहोस
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
  • होमपेज
  • कार्डबाट हुने खरिदमा सेवा शुल्क नलाग्ने

कार्डबाट हुने खरिदमा सेवा शुल्क नलाग्ने

नेपालमा बैंक र बैंकिङ करोबार भएको धेरै समय वितिसकेको छ । तरपनि हामीहरु क्यास कारोबारमा मात्र विश्वास गछौं । चाहे त्यो सय, हजार होस वा लाद करोडौंको । हामीहरुसंग विभिन्न बैंकका डेविट, क्रेडिट, माटर्स लगायतका अनय धेरै कार्डहरु छन् । तर त्यसको उपयोग केबल एटिएमबाट रकम झिक्नको लागि मात्र प्रयोग गरिहेका छौं ।

कार्डहरुको काम अब त्यतिमा मात्र सीमित नहुने भएको छ । कार्डबाट विभिन सामानहरुको खरिद गर्न सकिने कुरा सबैमा पूर्ववत जानकारी भएपनि विभिन्न सेवाशुल्क लिनेबाट कुराबाट कार्ड प्रयोगमा पछि हटेका सर्वसाधारण अब कार्ड प्रयोग गर्नेमा निश्चित भएका छन् । किनभने राष्ट्र बैंकले आइतबार नै परिपत्र जारी गरी बिभिन्न कार्डबाट हुने कारोबारबाट कुनै पनि प्रकारको सेवा शुल्क लिन नपाउने भनी निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकबाट जारी भएको यो निर्देशन पछि कार्डबाट भुक्तानी लिने रेष्टुरेन्ट, टिकट काउन्टर, डिपार्टमेन्ट स्टोर लगायत स्थानहरुबाट वस्तु तथा सेवा खरिद बिक्री गर्ने दुबै तर्फका सेवाग्राहीलाई राहत मिलेको छ ।

यस अघि रेष्टुरेन्ट, टिकट काउन्टर, डिपार्टमेन्ट स्टोल लगायतका स्थानहरुबाट वस्तु तथा सेवा खरिद गर्दा हुने भुक्तानीमा सेवा प्रदायकहरुले शुल्क लिइरहेका थिए । तर, अब त्यस्तो हुने छैन ।

राष्ट्र बैंकको निर्देशनबाट सरकारले नगदको साटो कार्डको प्रयोग बढाउन खोजेको संकेत प्रस्टै देखिन्छ ।

राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै प्वाइन्ट अफ सेल मार्फत हुने भुक्तानीमा कुनै पनि प्रकारको शुल्क लिन नपाउने व्यवस्था गरेपछि डेविट तथा क्रेडिट कार्डमार्फत हुने भुक्तानीमा भुक्तानी वापतको शुल्क लिन नपाउने व्यवस्था गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका