जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • सरकारद्वारा कोइरी र मुरारकासहित ६ जनाको विभूषण रद्ध

सरकारद्वारा कोइरी र मुरारकासहित ६ जनाको विभूषण रद्ध

सरकारले सुरक्षाकर्मी हत्या अभियोगमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरीसहित ६ जनाको जनाको विभूषण रद्ध गरेको छ । मन्त्रिपरिषद्को गत साता बसेको बैठकले उनीहरूको विभूषण रद्ध गर्ने निर्णय गरेको हो ।

विभूषण रद्ध गरिएकाहरुमा सशस्त्रका असई थमन विक हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीसहित भ्रष्टाचार मु्द्दा खेपिरहेका उद्योगी पशुपति मुरारका, व्यापारी चिराग गोयल, शिक्षकहरु हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठ रहेका गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए।

देउवा सरकारले गरेको विभूषण दिने सूचीमा रहेका केही व्यक्तिहरु विवादित रहेका भन्दै आलोचना भएपछि उनीहरुको नाम रद्ध गरिएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार विभूषण रद्ध भएकाहरूको नाम राष्ट्रपति कार्यालय पठाउन लागिएको पोखरेलले जानकारी दिए।

’प्रबल जनसेवाश्री’ घोषणा गरिएका सांसद कोइरीलाई २०७२ भदौ २५ मा मधेसमा भएको सरकारविरोधी प्रदर्शनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्याको अभियोग छ। महतोलाई जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । का फरार व्यक्ति हुन् ।

तर उच्च अदालत जनकपुरमा जिल्ला अदातलतको आदेश उल्ट्याउँदै उनलाई तत्काल पक्राउ गरी थुनामा पठाउन आदेश दिएको थियो। त्यसयता उनी प्रहरीको फरार सूचीका छन्। तर विभिन्न सार्वजनिक कार्यक्रममा उपस्थित भइरहेका छन्। उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका पशुपति मुरारकामाथि खानी दोहनको अभियोग छ। उनकाविरुद्ध अख्तियारले २०७८ माघ १२ मा विशेष अदालतमा ४९ करोड ४५ लाख ५१ हजार ६ सय ४५ रुपैयाँ बिगो र २ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको थियो । मुद्दा फैसला नहुँदै मन्त्रिपरिषद्ले मुरारकालाई ‘सुकीर्तिमय राष्ट्रदीप’ विभूषण दिने घोषणा गरेको थियो ।

विभूषण रद्ध हुनेमा अर्का व्यापारी चिराग गोयल छन्। प्रवल जनसेवाश्री दिने घोषणा गरिएका गोयललाई योग्यता नपुगेको भन्दै रद्द गरिएको हो। एउटा पदक पाएको दुइवर्ष पुरा नुहँदै अर्को पदक दिन नमिल्ने व्यवस्थाअनुसार गतवर्ष जनसेवाश्री पदक पाइसकेकाले उनको नाम रद्ध गरिएको हो।

त्यस्तै प्रवल जनसेवाश्री रद्ध गरिएका भिमोदय नमूना माबी चितवनका शिक्षक हरिप्रसाद कँडेल र जननमुना माबी सुर्खेतका शिक्षक यामबहादुर श्रेष्ठ भ्रष्टाचार आरोपमा अनुसन्धानमा छन्।

त्यस्तै अर्का प्रवल जनसेवाश्री रद्ध गरिएका कर्मचारी शेरबहादुर श्रेष्ठ तत्कालिन अवस्थामा भू तथा जलाधार व्यवस्थापन कार्यलय सुर्खेतमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन्।

1855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका