जोडिनुहोस
सोमवार, मंसिर २५, २०८०
सोमवार, मंसिर २५, २०८०

हालको खबर

  • होमपेज
  • कर्मचारीलाई मख्ख बनाउँदै आईएमई लाइफ

कर्मचारीलाई मख्ख बनाउँदै आईएमई लाइफ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई मख्ख बनाउँदै आइरहेको छ।

विगत ६ वर्षदेखि कम्पनीले आफ्ना कर्मचारीलाई दिने बोनस बढाउँदै गइरहेको वित्तीय विवरणले देखाएको छ। कम्पनीले आर्थिक वर्ष २०७४–७५ देखि कर्मचारीलाई बोनस बाँड्दै आइरहेको छ। उक्त आर्थिक वर्षमा कम्पनीले कर्मचारीलाई ९८ लाख ९४ हजार रुपैयाँ बोनस छुट्याएको थियो।

बीमा कम्पनीहरुले खुद मुनाफाको १० प्रतिशत रकम कर्मचारीका लागि बोनस व्यवस्थाका आधारमा छुट्याउनुपर्ने प्रावधान छ। बोनस ऐन, २०३० मा कुनै पनि प्रतिष्ठानले कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसको प्रतिशत खुद मुनाफाको १० प्रतिशत हुनुपर्ने उल्लेख रहेको छ। बीमा कम्पनीहरुले समेत सोही व्यवस्थाबमोजिम कर्मचारी बोनस छुट्याएका हुन्छन्।

आइएमई लाइफले बीमा शुल्क आर्जनमा उल्लेख्य प्रगति गर्दै आफ्ना कर्मचारी तथा अभिकर्तालाई समेत मख्ख बनाउँदै आएको छ। आइएमई लाइफले कम्पनी विस्तारसँगै अभिकर्ता संख्या, व्यवसाय, शाखा तथा कर्मचारीको संख्यासमेत बढाउँदै गइरहेको छ।

आर्थिक वर्ष २०७५–७६ मा कर्मचारी बोनसका लागि १ करोड ४ लाख रुपैयाँ छुट्याएको कम्पनीले आर्थिक वर्ष २०७६–७७ मा १ करोड ३२ लाख रुपैयाँ कर्मचारीका लागि बोनस छुट्याएको थियो। तर, आर्थिक वर्ष २०७७–७८ मा भने कम्पनीको कर्मचारी बोनस व्यवस्था थोरै खस्किएको थियो। कम्पनीले सोही आर्थिक वर्षमा १ करोड ३० लाख रुपैयाँ कर्मचारी बोनस छुट्याएको थियो।

त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७८–७८ मा कम्पनीले आफ्ना कर्मचारीलाई १ करोड ५० लाख ४८ हजार रुपैयाँ बोनस छुट्याएको थियो। यसका साथै गत आर्थिक वर्ष २०७९–८० मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा यस्तो बोनस व्यवस्था ७८.२३ प्रतिशतले बढाएर २ करोड ६८ लाख २१ हजार रुपैयाँ पुर्याएको छ।

प्रत्येक आर्थिक वर्ष कम्पनीले आफ्ना कर्मचारीलाई दिने बोनस व्यवस्था बढाउँदै लगिरहेको छ। यस आधारमा पनि कम्पनीले कर्मचारीलाई उत्कृष्ट सेवा दिँदै आइरहेको बुझ्न सकिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका