जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा रु. ३३ लाख भुक्तानी

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा रु. ३३ लाख भुक्तानी

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ।

कम्पनीको डडेल्धुरा शाखा कार्यालयले पहिरोबाट क्षतिग्रस्त डडेल्धुराको तुफानडाँडास्थित एलिसा हार्डवेयर एन्ड सप्लायर्सलाई बीमा दाबीबापतको रकम प्रदान गरेको हो।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स डडेलधुराका शाखा प्रबन्धक दीपक भट्टराईले हार्डवेयरका प्रोपाइटर यक्षराज पाण्डेयलाई ३३ लाख रुपैयाँ बीमांक रकमको बीमा दाबी भुक्तानी गरेका हुन्।

डडेलधुरा शाखाले एकै महिनामा दुईवटा क्लेम सेटल गरिसकेको छ। यसअघि कम्पनीले डडेल्धुराकै शैपाल अटोमोबाइल्स प्रालिका राजबहादुर रोकायालाई बीमा दाबीबापत ३९ लाख रुपैयाँ भुक्तानी गरेको थियो।

4025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका