जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राष्ट्र बैंकका कारण सेयर बजार प्रभावित भयोः अर्थमन्त्री

राष्ट्र बैंकका कारण सेयर बजार प्रभावित भयोः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकका कारण सेयर बजार प्रभावित भएको आरोप लगाएका छन् । बिहिबारको संसद बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री डा. महतले राष्ट्र बैंकले लगाएको १२ करोडको सीमाका कारण सेयर बजार प्रभावित बनेको आरोप लगाएका हुन् ।

उनले राष्ट्र बैंकले लिएको सेयर कर्जामा १२ करोडको सीमाको नीतिले सेयर बजारमा परेको प्रभावबारे संवाद र छलफल भइरहेको पनि बताए ।

‘सेयर कारोबारमा मूल्य गिरावट आएको छ, यसका विविध कारण छन्’ उनले भने, ‘केही कारोबारमा राखिएका प्रतिबन्धले पनि बजार प्रभावित भएको छ । तथापि यसलाई सहज बनाउन सरकारको तर्फबाट र सँगै राष्ट्र बैंकको नियमनबाट परेको प्रभावका विषयमा हामीले आवश्यक संवाद गरिरहेका छौँ ।’

1405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?