जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • आइएमई पेमा प्रथमपटक एयरलाइन्स टिकेट काट्ने ग्राहकलाई छुट

आइएमई पेमा प्रथमपटक एयरलाइन्स टिकेट काट्ने ग्राहकलाई छुट

नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले एयरलाइन्स टिकट खरिद गर्दा  प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा रु. ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ।

यस  अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत पहिलोपटक टिकट खरिद  गर्दा ‘फ्लाईआईएमई’ प्रोमो कोड प्रयोग गरी रु. ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सेवाग्राहीलाई विद्युतीय भुक्तानी माध्यममार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याइएको यो अफर भदौ २४ गतेदेखि सुरु भएको छ। पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने कम्पनीले जनाएको छ।

यो अफर पहिलोपटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीलाई सीमित अवधि लागिमात्र हो।

4505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्