जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नाडा अटो शोमार्फत व्यवसाय र ब्रान्डिङ प्रवर्द्धन गर्दै शिखर इन्स्योरेन्स

नाडा अटो शोमार्फत व्यवसाय र ब्रान्डिङ प्रवर्द्धन गर्दै शिखर इन्स्योरेन्स

काठमाण्डौको भृकुटीमण्डपमा भइरहेको ‘नाडा अटो शो २०२३’को सहप्रयोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। अटो शोमार्फत कम्पनीले आफ्नो व्यवसाय र ब्रान्डिङ प्रवर्द्धन गरिरहेको छ।

अटो शो गत भदौ २६ गतेबाट सुरु भएको थियो। भदौ ३१ गतेसम्म चल्ने प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामाग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता छ।

तेस्रो दिनसम्म प्रदर्शनीमा हजारौँले अवलोकन गरेका छन्। प्रदर्शनीको सह–प्रायोजकमा रहेको शिखर इन्स्योरेन्सले अवलोकनकर्तालाई मोटर बीमाको जानकारी दिई व्यवसायमा विस्तार गरिरहेको छ।

नाडा अटो शोमा शिखर इन्स्योरेन्सले भिजिटर्सलाई मोटर बीमासम्बन्धी सम्पूर्ण बीमालेखको जानकारी दिइरहेको छ। कम्पनीका अनुसार हजारौँ अवलोकनकर्ताले कम्पनीको स्टलमार्फत बीमाको जानकारी लिएका छन्।

अटो शोमा अवलोकनकर्ताले मोटर बीमा, तेस्रो पक्ष दायित्व व्यापक मोटर बीमा, सवारीसाधन अतिरिक्त लाभ बीमा योजना र व्यक्तिगत दुर्घटना बीमाको बारेमा विशेष जानकारी लिएको कम्पनीले जनाएको छ। यसका साथै सवारीसाधन बीमाले क्षतिको समयमा पूर्ण राहत दिन नसक्ने हुँदा सवारीधनीलाई अझ बढी राहत दिनका लागि सवारीसाधन अतिरिक्त लाभ बीमालेख समेत शोमार्फत बिक्री भइरहेको कम्पनीले जनाएको छ।

नेपाल बीमा प्राधिकरणको मोटर बीमादरसम्बन्धी निर्देशिका, २०७३ अनुसार हाल सबै किसिमका सवारीसाधनको सवारीसाधन बीमा हुने गरेको छ। यसअनुसार शिखर इन्स्योरेन्सले मोटर बीमामार्फत उत्कृष्ट प्रिमियम भित्र्याइरहेको छ।

के हो मोटर बीमा ?

सवारीसाधनको विभिन्न कारणबाट हुने क्षति, दुर्घटनाजन्य कारणले यात्रु र चालकलाई हुने चोटपटक, आफ्नो सवारीसाधनबाट अन्य सवारीसाधनमा हुने क्षति तथा सो सवारीका यात्रुलाई हुने चोटपटक वा बाटोमा हिँड्ने व्यक्तिलाई हुने चोटपटक वा तेस्रो पक्षलाई हुने क्षति तथा चोटपटकबाट सवारीधनीलाई पर्न आउने आर्थिक भार कम गर्न मोटर बीमा गरिन्छ।

शिखर इन्स्योरेन्सले विशेषतः मोटर बीमालाई व्यापक र तेस्रो पक्ष गरी दुई प्रकारबाट बीमा गरिरहेको छ। दुर्घटना वा अन्य कारण जस्तै– आगलागी, बाढीपहिरो, भूकम्प, चोरी आदिबाट आफ्नो मोटरमा हुने क्षति, चालक तथा यात्रुको दुर्घटना र तेस्रो पक्षको जोखिम बहन गर्ने बीमाको योजना नै व्यापक मोटर बीमा हो।

त्यस्तै, मोटर बीमामा तेस्रो पक्ष दायित्व बीमा अनिवार्य बीमा हो। नेपालको सन्दर्भमा तेस्रो पक्ष दायित्व बीमा नगरी सवारीसाधन चलाउन पाइँदैन। यस्तो बीमामा बीमितको आफ्नो सवारीसाधनको हानी–नोक्सानी भने रक्षावरण हुँदैन। यो बीमा न्यूनतम बीमाशुल्क भुक्तान गरेर गर्न सकिन्छ। तेस्रो पक्ष दायित्व बीमाले बीमितको सवारीसाधनले अन्य पक्ष वा अन्य सवारीमा पुर्याउने क्षति, पैदलयात्री, सवारीसाधनसँग प्रत्यक्ष सम्बन्ध नभएको भौतिक सम्पत्तिलगायतमा क्षति पुर्याएको अवस्थामा आइपर्ने आर्थिक जोखिम हस्तान्तरण गर्दछ।

त्यस्तै, सवारीसाधनको व्यापक बीमामा सवारी क्षति भएपश्चात दाबी प्रक्रियाको क्रममा विभिन्न अधिकहरु कट्टी हुन्छ। यसरी कट्टी हुने रकमबाट बीमितलाई पर्ने आर्थिक भारबाट छुटकारा दिने उद्देश्यले शिखर इन्स्योरेन्सले मोटर बीमामा एउटा नयाँ बीमा योजनाको विकास गरेको छ, जसको नाम ‘सवारी साधन अतिरिक्त लाभ बीमा’ योजना रहेको छ।

अटो प्लस बीमाले सवारीसाधनको दुर्घटनाका कारण हुन सक्ने आर्थिक क्षतिबाट बीमितलाई पूर्ण रुपमा राहत प्रदान गर्दछ। सवारीसाधनको दुर्घटना भएपश्चात् दाबी प्रक्रियाका क्रममा हुने सवारी साधनको ह्रासकट्टीबापतको रकम भुक्तानी, मोटर पूर्ण क्षति भएको अवस्थामा नयाँ गाडी प्रतिस्थापन, मोटर मर्मतको अवस्थामा दैनिक यातायात खर्चको व्यवस्था यस बीमालेखले रक्षावरण गरेको हुन्छ। ब्यापक बीमाअन्तर्गत बीमा भएका निजी सवारीधनीले मात्र थप बीमाशुल्क तिरेर यो योजना प्राप्त गर्न सक्दछन्।

कार, जिपजस्ता चारपांग्रे र मोटरसाइकल, स्कुटरजस्ता दुईपांग्रे निजी सवारीसाधनलाई मात्र हाल यो बीमा सुविधा उपलब्ध रहेको छ।

शोमार्फत शिखर इन्स्योरेन्सको ब्रान्डिङ र व्यवसाय वृद्धि हुने कम्पनीले अपेक्षा राखेको छ। नाडा अटो शोमा १२० वटा स्टल र ब्लक रहेका छन्।

प्रदर्शनीमा १६ वटा ब्रान्डका चारपांग्रे, २२ वटा ब्रान्डका दुईपांग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता छ।

870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?