जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्रभु बैंकले सेञ्चुरी, सिभील लिनेकी मेगा ?

प्रभु बैंकले सेञ्चुरी, सिभील लिनेकी मेगा ?

भूपेन्द्र आचार्य । बिग मर्जरको हल्लासंगै बजारमा ठूला भनिएका दर्जनौ बैंकले नयाँ वाणिज्य बैंक आफूसंग मर्जर गराउन टोली नै बनाएर खटिएको देखिन्छ । बलियो मानिएको ग्लोबल आईएमई बैंक र कमजोर भनिएको जनता बैंक मर्जर गर्ने सहमती संगै अन्य बैंकहरुलाई मर्जरको दबाब परेको प्रस्टै देखिएको । ठूला भनिएका दर्जनौ बैंकहरुले नयाँ सेञ्चुरी, मेगा, सीभिल बैंक प्राप्तीका लागि कुराकानी युद्धरुपमै अगाडी बढाएको देखिन्छ ।

नेपालका वाणिज्य बैंकहरुमा २ वटा किष्ट र ग्राण्ड बैंकलाई मर्जर गर्न सफल र सक्षम प्रभु बैंकले सीभिल बैंक, मेगा बैंक र सेञ्चुरी बैंक मध्ये एउटालाई बिग मर्जर गर्ने तयारी गरेको खुलेको छ ।

प्रभू बैंकका एक सञ्चालकले पंक्तिकारलाई भनेः– हामीले नयाँ केही बैंकसंग कुराकानी अगाडी बढाएका छौं । हामी सीभिल र मेगा बैंकसंग मर्जरको नजिक पुगेको अवस्था छ । यदि यो सफल नभए सेञ्चुरी बैंकसंग गर्ने योजना रहेको ती सञ्चालकले बताए । नाम नलेख्ने शर्तमा भनेः– हामी अरु बैंकसंग जादैनौ । हामी सीइओ र अध्यक्ष अरु बैंकलाई दिदैनौ यो शर्तमा मर्जर गर्ने हाम्रो प्रस्ताब छ । यसै शर्तमा टेकी कुराकानी यी दुई बैंकसंग अगाडी बढेको चाहि सत्य हो ।

राष्ट्र बैंकले मौद्रिक न्ीति ल्याउनु अगाडी नै मर्जरको सहमती हुने हल्ला छ नि भनी प्रभु बैंकका अध्यक्ष देवीप्रकास भट्टचनलाई टेलिफोनमा सम्पर्क गर्दा उनीले भने एउटा पार्टनर त खोज्नै प¥यो केही बैंकसंग कुरा औपचारीक अनौपचारिक भएका त छन् । तर कोसंग गर्ने भन्ने बारे फाइनल चाहि भएको अवस्था छैन ।

के प्रभु बैंक अरु बैंकसंग जाने हो कि भन्ने प्रश्नमा अध्यक्ष भट्टचनले भने होइन हामी २ वटा ठूला किष्ट र ग्राण्ड बैंक मर्जर गरेर आएको बैंक हौं । हामी अरुसंग जादैनौ अरुलाई हाम्रा बैंकमा ल्याउने प्रयास हामी गर्ने छौं ।

सीइओ र अध्यक्ष दुबै पद लिएर त मर्जर हुँदैन होला नि भन्ने प्रश्नमा अध्यक्ष भट्टचनले भनेः– यस्तो होइन आवश्यकता अनुसार सहमती हुन्छ । सबै हामीलाई देउ भन्दा त अरु मान्नु पनि प¥यो नि ।

जे भए पनि प्रभु बैंकले नयाँ सेञ्चुरी, सीभिल र मेगा बैंक मध्ये एउटालाई मर्जरको सहमती गरे अचम्म मान्नु पर्दैन ।
यसैबीच राष्ट्र बैंकले मर्जरमा जाने बैंक र वित्तिय संस्थाहरुलाई कुलिङ नलाग्ने, सिसिडी ८५% पु¥याउने तयारी गरेको खुलेको छ ।

बिग मर्जरमा जाने बैंकहरुका लागि राष्ट्र बैंकले सहुलियतको प्याकेज घोषणा गर्ने भएको छ। केही दिनमै मौद्रिक नीति सार्वजनिक गर्नै तयारी गरिरहेको राष्ट्र बैंकले प्रमुख कार्यकारीको कुलिङ पिरियडदेखि विभिन्न अनुपातहरुमा सहुलियत दिने भएको छ ।

मर्जरमा जाने बैंकहरुमा प्रमुख कार्यकारी, नयाव प्रमुख कार्यकारीलाई लाग्दै आएको ६ महिनाको कुलिङ पिरियड लागू नगर्ने राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सार्वजनिक गर्ने भएको छ ।
राष्ट्र बैंकले पुनर्कर्जामा पनि सहजीकरण गर्ने भएको छ । मर्जरमा जाने संस्थालाई पुनर्कर्जामा प्राथमिकता दिनेदेखि कर्जा–निक्षेप–अनुपात (सिसिडी रेसियो), अनिवार्य तरलता अनुपात (सिआरआर) ’ब्रिज’ भएमा निश्चित समय कारवाहीबाट छुट दिने तयारीसमेत गरेको बुभिएको छ ।

पूँजी कोष अनुपात, खराब कर्जा अनुपातमा पनि लतकता अपनाउने भएको छ । स्रोतहरुका अनुसार, बाणिज्य–बाणिज्य बैंक मर्ज भए सिसिडी ८५ प्रतिशतसम्म पुर्याइदिने तयारी पनि राष्ट्र बैंकको छ ।

5225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका