जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • थप ६ वटा संस्थाले पाए प्राइभेट इक्विटी भेन्चर क्यापिटलको लाईसेन्स

थप ६ वटा संस्थाले पाए प्राइभेट इक्विटी भेन्चर क्यापिटलको लाईसेन्स

नेपाल धितोपत्र बोर्डले थप ६ वटा संस्थालाई प्राइभेट इक्विटी भेन्चर क्यापिटलको लाईसेन्स प्रदान गरेको छ ।  बोर्डले ६ वटा मर्चेन्ट बैंकर्सहरुलाई  प्राइभेट इक्विटी भेन्चर क्यापिटलको लाईसेन्स दिएको हो ।

बोर्डले एनएमबि क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल , एनआईसी एसिया क्यापिटल , प्रभु क्यापिटल , नबिल इन्भेष्टमेन्ट बैंकिङ , र एनआईबीएल एस क्यापिटललाई लाईसेन्स दिएको हो  । उनीहरुले आवश्यक पूर्वाधार गरेपछि बोर्डले अनुगमन गरि लाईसेन्स प्रदान गरेको जनाएको छ । बोर्डले आध्यान्त फण्ड लिमिटेडलाई पनि आवश्यक पूर्वाधार तयार गर्न पत्राचार गरेको र सो को अनुगमन गरेपछि लाईसेन्स दिने जनाएको छ । बोर्डले यस अघि ग्लोबल इक्विटी फण्ड र अवसर इक्विटी फण्डलाई प्राइभेट इक्विटी भेन्चर क्यापिटलको लाईसेन्स प्रदान गरिसकेको छ ।

बोर्डले  विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरिसकेको छ । विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ मा विशिष्टीकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा बोर्डले अनुमतिपत्र दिने ब्यबस्था छ । सोहि अनुसार बोर्डले लाईसेन्स दिन थालेको हो ।

नेपालको पूँजी बजारमा हाल शेयर , डिवेञ्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध भइरहेकोमा प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल कोषको नियमन व्यवस्था तथा प्रवेशसँगै पूँजी परिचालनको नयाँ बैकल्पिक उपकरणको विकास भई स्टार्ट अप व्यवसायमा पूँजी परिचालन हुने, निजी क्षेत्रको श्रोत परिचलान हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्वमा बृद्धि भई धितोपत्र बजारमार्फत् अर्थतन्त्रमा थप टेवा पुग्ने बोर्डले विश्वास लिएको छ ।

धितोपत्र बजारको विकास र विस्तारको लागि विभिन्न वित्तीय उपकरणहरुको विकास गरी संचालन गर्ने क्रममा नयाँ वित्तीय उपकरणको रुपमा अन्तर्राष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल जस्ता कोषको स्थापना र संचालनका लागि बोर्डबाट विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू भएको हो ।

प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल जस्ता कोषहरुमार्फत् पूँजी परिचालन भई नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा वौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई संचालन गर्न र नयाँ व्यवसाय, उद्यमहरुलाई शुरुवात गर्न स्वदेशी तथा बैदेशिक लगानी आकर्षण गरी लगानीको नयाँ अवसरहरु प्रदान गर्न सकिने भएकोले यस किसिमको कोषको स्थापना र संचालनले पूँजी बजारको दायरा फराकिलो हुने, पूँजी बजारमा नयाँ एंव आधुनिक वित्तीय उपकरणको प्रयोग हुने, नवीनतम उद्यम व्यवसाय संचालनका लागि स्वदेशी तथा विदेशी पूँजी जुटाउन सहयोग पुग्ने र लगानीकर्ताहरुलाई नयाँ लगानीको अवसर प्राप्त भई देशको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने बोर्डको विश्वास छ ।

2095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका