जोडिनुहोस
आइतवार, साउन १०, २०८३
आइतवार, साउन १०, २०८३
  • होमपेज
  • बाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले १२.७१% सम्म दिनसक्ने

बाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले १२.७१% सम्म दिनसक्ने

फाइनान्स कम्पनीहरुले ब्याज दरलाई खुला छाड्ने निर्णय गरेका छन्। उनीहरुबीच यतिमै जाने भन्ने निर्णय नभएपछि राष्ट्र बैंकको नियम अनुसार गर्ने सहमति भएको हो। 

फाइनान्स कम्पनीहरुले अहिलेको ब्यवस्था अनुसार ११.७१ प्रतिशत साधारण मुद्दतिमा ब्याज दिन पाउँछन्। यसो हुँदा रेमिटेन्स खातामा १२.७१ प्रतिशतसम्म ब्याज दिन पाउँछन्।

‘यति उति भन्ने केही पनि भएन। राष्ट्र बैंकको नियमभित्र रहेर ब्याज दिउँ भन्ने सहमति भयो’ फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले बिजमाण्डूसँग भने।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याज बढाउन दबाब दिएपछि बाणिज्य बैंकहरुले अधिकतम १२.०३ प्रतिशत पुर्‍याउने निर्णय गरिसकेका छन्। विकास बैंकहरुले  पनि १२.६५ प्रतिशत पुर्‍याउने निर्णय गरिसकेका छन्। सहमति भएको ब्याज दर फागुन १ गतेबाट लागू हुन्छ।

6285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका