जोडिनुहोस
सोमवार, मंसिर २५, २०८०
सोमवार, मंसिर २५, २०८०

हालको खबर

  • होमपेज
  • गुरु न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने निर्णय

गुरु न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने निर्णय

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गर्ने निर्णय गरेको छ। विभागले मुद्दा दर्ताको लागि अनुसन्धान प्रतिवेदन समेत तयार पारिसकेको छ । विभागका सुचना अधिकारी कृष्ण प्रसाद मैनालीले न्यौपाने विरुद्द मुद्दा दर्ताको लागि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिएको जानकारी दिए । न्यौपानेले आफु संचालक नै रहेको बेला कानुन विपरित आफु नै संचालक रहेको कम्पनीको शेयर खरिद बिक्री गरेको देखिएकोले विभागले मुद्दा दर्ता गर्ने तयारी गरेको हो।

सो कारोबारबाट आर्जित रकम गैरकानुनी भएकोले सो जफत गर्नु पर्ने मागदाबी सहित प्रतिवेदन तयार भएको स्रोतले जनाएको छ। केहि दिनभित्रै विशेष अदालतमा मुद्दा दर्ता हुने स्रोतले जनाएको छ ।

धितोपत्र बोर्डले यस अघि नै न्यौपाने विरुद्द भित्री कारोवार (इन्साइडर ट्रेडिङ) गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ। २०७९ चैत्र ८ गते बुधबार उनी विरुद्द मुद्दा दायर भएको छ । सो मुद्दा हाल काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ।

रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपानेले उक्त कम्पनीको सेयर निज सो पदमा बहाल रहदाकै बखत मिति २०७७।१२।१९ देखि मिति २०७८।०४।२४ सम्म खरिद बिक्री गरेको विषयमा तहकिकात गर्दा निजले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिमको भित्री कारोवार गरेको देखिएकोले धितोपत्र बोर्डले मुद्दा दर्ता गरेको थियो।

अब भने न्यौपाने विरुद्द सम्पति सुद्धिकरण विभागले पनि छुट्टै मुद्दा दायर गर्ने तयारी गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका