जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • युनाइटेट र अजोडले पाए मर्जरको अन्तिम स्वीकृति

युनाइटेट र अजोडले पाए मर्जरको अन्तिम स्वीकृति

नेपाल बीमा प्राधिकरणले युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । दुबै कम्पनीले गत बैशाख २५ गते एकै दिन छुट्टा छुट्टै बसेको साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए ।

साधारणसभाबाट मर्जरको प्रस्ताव पारित हुने वित्तीकै कम्पनीले मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो । प्राधिकरणले अन्तिम स्वीकृति प्रदान गरे सँगै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, सिडिएससी, नेप्से लगायतका स्थानबाट पनि अनुमति प्राप्त गर्नु पर्छ ।

मर्जर पछि कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी हुनेछ । मर्जरका लागि आवस्यक सम्पुर्ण प्रकृयाँ पुरा गर्न अगाडी बढिरहेको कम्पनीले यहि १७/१८ गते एकिकृत कारोबारको तयारी गरेको छ । यदि सबै स्थानबाट समयमै स्वीकृति पाइयो भने १७ गते बुधबार संयुक्त कारोबारको उद्घाटन गर्ने तयारी छ ।

मर्जर पछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत को हुने भन्ने अहिलेसम्म निर्क्यौल हुन सकेको छैन । अजोडका प्रमुख कार्यकारी अधिकृतलाई मर्जर पछि प्रमुख कार्यकारी अधिकृत नबनाउने मर्जर कमिटीको योजना छ । त्यसैले अहिले अजोडको तर्फबाट सिइओको खोजि भइरहेको छ । यस पदका लागि बजारमा लामो समय काम गरेका पुर्व तथा वर्तमान सिइओहरुले चासो व्यक्त गरिरहेको भएता पनि तलब भत्ताका कारण कुरा मिल्न नसकेको बुझिएको छ ।

 

1220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका