जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बैंकहरु मिटरब्याजी भए, राष्ट्र बैंकले निर्मम साहुजी बनायो : अध्यक्ष ओली

बैंकहरु मिटरब्याजी भए, राष्ट्र बैंकले निर्मम साहुजी बनायो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु खुला मिटरब्याजी भएको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बैंकहरु खुला मिटरब्याजी भए, चर्को ब्याजमा व्यवसाय गरेपनि व्यवसायमा नाफा हुँदैन,’ उनले भने ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्मम साहुजी नबनाई व्यवसायीका सारथी बनाउने उनको भनाई छ । यो विषयमा सरकार र राष्ट्र बैंक दुबैसँग छलफल गर्ने समेत ओलीले बताए ।

सबै कुरा बुझ्ने ल्याकत सरकारसँग नभएको बताउँदै अध्यक्ष ओलीले भने- ‘सरकारसँग तस्करीको लाइन छ, सुनको तस्करीको सेटिङ मिलाउन विदेशीलाई नागरिकता दिएको रहेछ, सरकारमा कमिसनको खेल मात्रै भइरहेको छ, सरकार कमिसनको जोडघटाउमा छ ।’

युवालाई देशमा बसाउने बतावरण नभएर युवाहरू विदेश गएका उनको भनाइ छ ।

‘बेरोजगारी बढिरहेको छ, व्यवसायीले भुक्तानी पाउन सकेका छैनन्, भुक्तानी दिनु पर्छ, रोकिएको ठाउँबाट पैसा लिएर चलायमान बनाउनु पर्छ,’ अध्यक्ष ओलीले भने ।

1370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका