जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नबिल इन्भेष्टमेन्ट बैंकिङको दोस्रो खुलामुखी योजना भोलिदेखि सार्वजनिक निष्कासन गरिने

नबिल इन्भेष्टमेन्ट बैंकिङको दोस्रो खुलामुखी योजना भोलिदेखि सार्वजनिक निष्कासन गरिने

नबिल इन्भेष्टमेन्ट बैंकिङले दोस्रो खुलामुखी योजना ल्याएको छ। नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआई-३१ खुलामुखी योजनाको इकाई बिक्री शुक्रबारदेखि खुलाउन लागिएको हो। योजनाले पहिलो चरणमा प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको २ करोड ५० लाख इकाई निष्कासन गर्न लागेको छ।

कुल निष्कासनको १५ प्रतिशतले हुन आउने ३७ लाख ५० हजार इकाई बीज योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङलाई छुट्याइएको छ।

पहिलो चरणमा १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारणका लागि निष्कासन गरिने व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ।

इकाई सर्वसाधारणमा बिक्री गरेपछि सामूहिक लगानी कोष नियमावलीको व्यवस्थाअनुसार योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिनेछ।

इकाईको सार्वजनिक निष्कासन छिटोमा भदौ ५ गते र ढिलोमा भदौ १३ गतेसम्म खुला रहनेछ। एनआई-३१ योजनाको कोष प्रवर्धक नबिल बैंक हो।

1265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?