जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बुधबारबाट हवाई टिकटमा १३% कर लाग्ने

बुधबारबाट हवाई टिकटमा १३% कर लाग्ने

बुधबारदेखि अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुले हवाई टिकटमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लिन सुरु गरेका छन् । विश्व पर्यटन दिवसको अवसर पारेर हवाई टिकटमा भ्याट लाग्ने सरकारी नीतिअनुसार वायुसेवा कम्पनीहरुले टिकटमा भ्याट लिन सुरु गरेका हुन् ।

यसका लागि सम्बन्धित वायुसेवा कम्पनीहरुले सबै प्रकारका अन्तराष्ट्रिय उडानमा भ्याट लिने गरी सर्कुलरसमेत जारी गरेका छन् । योसँगै अब वायुसेवा कम्पनीहरुले अन्तराष्ट्रिय हवाई यातायात संगठन (आयटा)ले उपलब्ध गराएको ‘टि ६’ कोड प्रयोग गरी सबै प्रकारका अन्तराष्ट्रिय हवाई टिकटमा भ्याट लिनेछन् । यसरी हवाई टिकटमा भ्याट लिँदा वायुसेवा कम्पनीहरुले बेसिक भाडादरलाई आधार मान्नुपर्नेछ ।

यसो त सरकारले चालु आर्थिक वर्षको बजेटमै हवाई टिकटमा भ्याट लिने व्यवस्था गरेको थियो । तर, उक्त व्यवस्थाविरुद्ध ट्राभल व्यवसायीहरु आदालत गएपछि हवाई टिकटमा भ्याट लाग्ने व्यवस्था कार्यान्वयन भएको थिएन ।

तर, हाल अदालतले नै हवाई टिकटमा भ्याट तिर्नुपर्ने बाटो खुला गरिदिएपछि उक्त व्यवस्था कार्यान्वयनमा आएको हो । योसँगै नेपालबाट बाहिरिँदा लाग्दै आएको प्रति पर्यटक १ हजार रुपैयाँ हवाई पर्यटन शुल्कमा पनि भ्याट थप गर्नुपर्ने भएको छ ।

हवाई टिकटमा भ्याट लाग्ने भएसँगै अब अन्तराष्ट्रिय उडानको भाडा पनि महंगिएको छ । टिकटमा लाग्ने भ्याट यात्रुहरुबाटै असुल हुने भएकाले अन्तराष्ट्रिय उडानको भाडा पनि १३ प्रतिशतले महंगिएको वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

1315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका