जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आर्थिक मन्दीले विकास बैंक पनि प्रभावित, ७.८२ प्रतिशतले घट्यो नाफा

आर्थिक मन्दीले विकास बैंक पनि प्रभावित, ७.८२ प्रतिशतले घट्यो नाफा

गत आर्थिक वर्षमा विकास बैंकको नाफा प्रभावित भएको छ । अघिल्लो वर्षको असार मसान्तसम्मको तुलनामा गत आवको सोही अवधिमा विकास बैंकको नाफा ७.८२ प्रतिशतले घटेको छ ।

अघिल्लो आवको असार मसान्तसम्म राष्ट्रिय स्तरका विकास बैंकले ६ अर्ब ३१ करोड ३३ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए । गत आवको सोही अवधिमा बैंकहरुको नाफा ७.८२ प्रतिशतले घटेर ५ अर्ब ८१ करोड ९२ लाख २९ हजार रुपैयाँ रहेको छ । ८ वटा राष्ट्रिय स्तरका विकास बैंकमा तीन वटाको नाफा बढेको छ भने ५ वटा बैंकको नाफामा गिरावट आएको छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसा २ वटा बैंक नाफा आर्जनमा अर्बपति क्लबमा प्रवेश गरेका छन् । मुक्तिनाथ विकास बैंकले १ अर्ब ३६ करोड ३८ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १.६४ प्रतिशतले बढी हो ।

नाफा आर्जनमा अर्बपति क्लबमा गरिमा विकास बैंक प्रवेश गरेको छ । गरिमाले १ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ नाफा  आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १८.१८ प्रतिशतले बडी हो ।

यस्तै साइन रेसुङगा विकास बैंकको नाफा पनि २१.२९ प्रतिशतले बढेर ७८ करोड ६८ लाख २६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ६४ करोड ८७ लाख ७ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म लुम्बिनी विकास बैंकको नाफा ३.८७ प्रतिशतले घटेर ६१ करोड २४ लाख ८२ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ६३ करोड ७१ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

ज्योति विकास बैंकको नाफा १७.४३ प्रतिशतले घटेर ५५ करोड ३२ लाख १ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

महालक्ष्मी बैंकको नाफा ४७.९४ प्रतिशतले घटेर ४७ करोड ९ लाख ६२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ९० करोड ४७ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २१.८७ प्रतिशतले घटेर ३८ करोड ३३ लाख ८५ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा ४९ करोड ७ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।

यस्तै कामना सेवा विकास बैंकको नाफा २६.९२ प्रतिशतले घटेर ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ५९ करोड ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका