जोडिनुहोस
सोमवार, फाल्गुन ११, २०८२
सोमवार, फाल्गुन ११, २०८२
  • होमपेज
  • एनएमबी बैंकले कर्पोरेट भवन बनाउन ६.६ रोपनी जग्गा किन्दै, मूल्य १ अर्ब २१ करोड

एनएमबी बैंकले कर्पोरेट भवन बनाउन ६.६ रोपनी जग्गा किन्दै, मूल्य १ अर्ब २१ करोड

एनएमबी बैंकले १ अर्ब २१ करोड रुपैयाँ बराबरको जग्गा किन्ने भएको छ। बैंकले कर्पोरेट कार्यालय निर्माण गर्नका लागि सो मूल्य बराबरको जग्गा खरिद गर्न लागेको हो।  बैंकको सञ्चालक समितिले जग्गा खरिदको निर्णय गरिसकेको छ। सञ्चालक समितिले जग्गामा रहेको संरचना पनि खरिद गर्ने निर्णय गरेको बैंकले जनाएको छ।

उसले काठमाडौं महानगरपालिका-१ मा अवस्थित ६.६ रोपनी जग्गा किन्ने निर्णय गरेको हो। जग्गा आफ्नो नाममा नामसारी भएपछि १ अर्ब २१ करोड ३९ लाख रुपैयाँ भुक्तानी गर्ने बैंकले जनाएको छ।

3555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका