जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • कर्जा प्रवाहमा नबिल र एनआईसी अघिअघि

कर्जा प्रवाहमा नबिल र एनआईसी अघिअघि

पछिल्लो ७ महिनामा वाणिज्य बैंकहरुले १ खर्ब ८५ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। चालु आव माघसम्म २० मध्ये १८ बैंकले कर्जा प्रवाह बढाएका छन् भने दुईवटाको खुम्चिएको छ। स्टाण्डर्ड चार्टर्ड र प्रभु बैंकको कर्जा प्रवाह खुम्चिएको हो। असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४३ खर्ब १५ अर्ब थियो। माघसम्म आइपुग्दा कर्जा प्रवाह ४५ खर्ब १ अर्ब पुगेको छ।

७ महिनामा नबिल बैंकले सबैभन्दा धेरै ३६ अर्ब २८ करोड कर्जा प्रवाह गरेको छ। गत असार मसान्तसम्म नबिल बैंकको कर्जा प्रवाह ३ खर्ब ४१ अर्ब रहेकामा माघमा आइपुग्दा ३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। यसै अवधिमा सबैभन्दा कम कर्जा प्रवाह गर्ने राष्ट्रिय वाणिज्य बैंक हो। यस बैंकले ७ महिनामा जम्मा ११ करोड ४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

स्टाण्डर्ड चार्टर्ड बैंकको २ अर्ब ४१ करोड र प्रभु बैंकको १ अर्ब ७७ करोडले कर्जा खुम्चिएको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणले देखाउँछ। केही बैंकले पुँजीकोष टाइट भएका कारण कर्जा प्रवाह चाहेर पनि बढाउन सक्ने अवस्था छैन। तर, पुँजी कोष सहज भएको स्टाण्डर्ड चार्टर्ड बैंकको समेत कर्जा खुम्चिएको छ। पुँजीकोष टाइट भएका बैंकले रिकभरि नगरी कर्जा प्रवाह गर्न सक्ने अवस्था हुँदैन।

चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा स्टाण्डर्ड चार्टर्ड बैंकको प्राथमिक पुँजीकोष १३.२६ प्रतिशत छ। जुन संचालनमा रहेका वाणिज्य बैंककोमध्ये सबैभन्दा धेरै हो। नियामकीय प्रावधान अनुसार वाणिज्य बैंकहरुले ८.५ प्रतिशत प्राथमिक पुँजीकोष कायम गर्नुपर्छ। प्रभु, कुमारी र एनआईसी एसिया बैंकको पुँजीकोष सीमाभन्दा तल देखिएको छ।

माछापुच्छ्रे, हिमालयन र नबिल बैंकको पुँजीकोष टाइट देखिएको छ। यी बैंकले निक्षेप भए पनि रिकभरि नगरी कर्जा बढाउन सक्ने अवस्था छैन। कर्जा प्रवाहबाट गरेको ब्याज नै बैंक तथा वित्तीय वित्तीय संस्थाको आम्दानीको मुख्य स्रोत हो। यद्यपि, कर्जा खुम्चिंदा त्यसले ब्याज आम्दानी समेत खुम्चिएर नाफामा असर गर्छ। बैंकहरु गत वर्षदेखि नै कर्जा रिकभरिमा केन्द्रित छन्। तर, अपेक्षाकृतरुपमा रिकोभरि हुन नसक्दा खराब कर्जा बढ्न गई कर्जा नोक्सानी (प्रोभिजन) बढिरहेको छ। प्रोभिजन बढ्दा त्यसको प्रभाव बैंक तथा वित्तीय संस्थाको नाफामा परेको छ।

1000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका