जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एकै दिन बैंकिङ प्रणालीमा थपियो १६ अर्ब निक्षेप, घट्यो सीडी रेसियो

एकै दिन बैंकिङ प्रणालीमा थपियो १६ अर्ब निक्षेप, घट्यो सीडी रेसियो

एकै दिन बैंक तथा वित्तीय संस्थामा १६ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंककाअनुसार कात्तिक २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । एकै दिन निक्षेप १६ अर्बले बढेर ३० गते ५१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै वाणिज्य बैंकहरुको मात्रै निक्षेप १३ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । जुन २९ गतेसम्म ४५ खर्ब ४८ अर्ब रुपैयाँ रहेको थियो । अन्य बैंक तथा वित्तीय संस्थाको पनि निक्षेप ३ अर्ब रुपैयाँले बढेर ६ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । २९ गतेसम्म ६ खर्ब २० अर्ब रुपैयाँ रहेको छ ।

२९ गतेसम्म ४७ खर्ब ५७ अर्ब कर्जा प्रवाह गरेकामा ३० गते १ अर्ब रुपैयाँले बढेर ४७ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार २९ गतेसम्म ८७.०९ प्रतिशत रहेको कर्जा निक्षेप अनुपत (सीडी रेसियो) ३० गते घटेर ८६.८५ प्रतिशत रहेको छ । एकै दिनमा सीडी रेसियो पनि घटेको छ । यता बैंकको अन्तर बैंक ८.४६ प्रतिशतबाट बढेर ८.५० प्रतिशत पुगेको छ ।

1880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?