जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज कैलालीको धनगढीमा एक कार्यक्रमबीच मृत्युदाबी रकम भुक्तानी गरेको छ।

कम्पनीले बीमित स्व. अनुराज रानाको बुवा सुरेन्द्र रानालाई १ लाख १९ हजार ३०० रुपैयाँ दाबी भुक्तानी गरेको हो। कम्पनीमा उनको बाल समृद्ध सावधिक जीवन बीमा बीमांक रकम रु. १ हजारको जीवन बीमा गरिएको थियो। वार्षिक ६ किस्ताबापत रु. ३६ हजार भुक्तानी भइसकेको थियो। उनको २०८० असार २५ गते निधन भएको थियो।

अनुराजका बुवा सुरेन्द्र रानालाई बीमांक र बोनस गरी जम्मा रकम रु. १ लाख १९ हजारको चेक कम्पनीका धनगढी शाखा प्रमुख योगेन्द्रविक्रम अधिकारीले प्रदान गरेका हुन्।

कार्यक्रममा उपस्थित स्थानीय निकायका जनप्रतिनिधि, आमसर्वसाधारण र अभिकर्तालाई अधिकारीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए।

3530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका