जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • प्रभु लाइफमा बीमा क्षेत्रकै सबैभन्दा कान्छी महिला अध्यक्षमा शिक्षा भट्टचन

प्रभु लाइफमा बीमा क्षेत्रकै सबैभन्दा कान्छी महिला अध्यक्षमा शिक्षा भट्टचन

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा शिक्षा भट्टचन चयन भएकी छिन् ।  सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्षमा चयन गरेको हो । यससँगै उनि जीवन बीमा क्षेत्रकै सबैभन्दा कान्छी महिला अध्यक्ष हुन सफल भएकी छिन् । करिव ३२ वर्षकी भट्टचन देवीप्रकाश भट्टचनको छोरी हुन् । उनि यस भन्दा अगाडी प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालक थिइन् ।

कम्पनीको जेठ २६ गते सम्पन्न भएको साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचित भएका थिए । साधारणसभाबाट अध्यक्ष शिक्षा भट्टचन सहित श्याम कृष्ण श्रेष्ठ, सुशान शेचरन र मिजास भट्टचन निर्वाचित भएका हुन् ।

प्रभु लाइफ र महालक्ष्मी लाइफ एक आपसमा मर्जर हुँदैछन् । दुबैले साधारणसभाबाट स्वीकृति पाइसकेका छन् । दुबैले आज नेपाल बीमा प्राधिकरणबाट मर्जरको अन्तिम स्वीकृति समेत पाइसकेका छन् । आगामी असार अन्तिम सातामा एकिकृत कारोबार शुभारम्भ गर्ने तयारीमा रहेका छन् ।

 

3065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका