जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • घरजग्गा धितोमा ५० प्रतिशतसम्म ऋण लिन पाइने

घरजग्गा धितोमा ५० प्रतिशतसम्म ऋण लिन पाइने

नेपाल राष्ट्र बैंकले घर जग्गाको कर्जामा धितो सिमा परिमार्जन गरेको छ । बिहिबार एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले धितोमा मूल्यको ५० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको हो ।

यसअघि काठमाडौंमा घरजग्गाको बजार मूल्यको ३० प्रतिशत र बाहिर ४० प्रतिशत मात्रै कर्जा लिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले अब उपत्यकाभित्र तथा बाहिर धितोसँग ऋणको अनुपात समान ५० प्रतिशत कायम गरेको छ ।

साथै, राष्ट्र बैंकले घरजग्गाको धितोमा लिइने व्यक्तिगत ओभरड्राफ्ट कर्जामा समेत ५० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था गरेको छ । त्यस्तै बैंकहरूले असल कर्जामा राख्नुपर्ने कर्जा नोक्सानी व्यवस्था समेत घटाइएको छ ।

अब बैंकहरूले असल कर्जामा १.५ प्रतिशत मात्रै नोक्सानी व्यवस्था गरे पुग्ने छ । यसअघि यस्तो व्यवस्था १.३ प्रतिशत थियो । बैंकहरूले अब कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाउने छन् ।

810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका