जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ग्लोबल आईएमइ बैंकको खुद नाफा ५ अर्ब बढी

ग्लोबल आईएमइ बैंकको खुद नाफा ५ अर्ब बढी

आर्थिक वर्ष ७८/७९ मा ग्लोबल आईएमई बैंकको खुद नाफा २५ प्रतिशतले बढेको छ। बैंकले सर्वजनिक गरेको  चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद नाफा ४ अर्ब १६ करोडबाट बढेर ५ अर्ब २० करोड पुगेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब १९ करोड रहेको छ ।  समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर १० अर्ब ७४ करोड पुगेको छ ।

बैंकको निक्षेप ३.३७ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब पुगेको छ भने कर्जा प्रवाह १३.०७ प्रतिशतले बढेर २ खर्ब ५८ अर्ब पुगेको छ । २३ अर्ब ७९ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १३ अर्ब ३५ करोड रहेको छ । बैंकको खराब कर्जा १.२२ प्रतिशत रहेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा र प्रति शेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा रहेको छ ।

1850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?