जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२

हालको खबर

  • होमपेज
  • उच्च नेटवर्थ भएकालाई लक्षित गरेर प्रभुले ल्यायो लगानी व्यवस्थापन सेवा

उच्च नेटवर्थ भएकालाई लक्षित गरेर प्रभुले ल्यायो लगानी व्यवस्थापन सेवा

प्रभु क्यापिटलले साधारण सभाको अवसर पारेर ‘प्रभु बिगसट’ लगानी व्यवस्थापन सेवा सुरु गरेको छ। शुक्रबार सार्वजनिक गरेको सेवा उच्च नेटवर्थ भएका व्यक्ति तथा संस्थालाई केन्द्रित गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उच्च पदस्थ व्यक्तिको समय व्यस्त हुने र लगानीमा उचित समय दिन नसक्ने समस्यालाई मध्यनजर गर्दै सेवा ल्याइएको हो। लगानीकर्ताले पचास लाख रुपैयाँबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन्।

कम्पनीका अनुसार पचास लाख रुपैयाँ लगानीकर्ताले नगद, सेयर पोर्टफोलियो गरेर लगानी व्यवस्थापनमा सहभागी हुनसक्नेछन्। यो सेवामा आवद्ध भएका ग्राहकले विशेष प्रिमियम प्याकेजको लाभ समेत लिन सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार न्यूनतम लगानी अवधि तीन वर्षको रहनेछ।

कम्पनीले वार्षिक व्यवस्थापन शुल्क एक प्रतिशत र मुनाफामा लाग्ने शुल्क १५ प्रतिशत लिने जनाएको छ। विशेष प्रिमियम प्याकेज अन्तर्गत ग्राहकको एकाघर घर परिवारका सदस्यहरुलाई आजीवन निःशुल्क डिम्याट खाता, क्यापिटलको अन्य लगानी व्यवस्थापन योजनाहरुमा वार्षिक शुल्क तथा मुनाफामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट र निःशुल्क लगानी सम्बन्धि परामर्श तथा उत्कृष्ट कम्पनीहरुको संस्थापक सेयरमा लगानीको प्रस्ताव तथा अवसर प्रदान गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था प्रदान गरिनेछ।

2415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका