जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गैरआवासीय नेपालीसँग सहकार्य गर्न निजी क्षेत्र तयार छः ढकाल

गैरआवासीय नेपालीसँग सहकार्य गर्न निजी क्षेत्र तयार छः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र गैरआवासीय नेपालीसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय बागलुङ समाजले सोमबार राजधानीमा आयोजना गरेको बागलुङको विकास र समृद्धिमा विदेशमा रहेका बागलुङेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्। उनले गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप र पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्ने बताए। ‘उद्यमशीलता विकास गर्नका लागि लगानी आवश्यक छ’, ढकालले भने, ‘विदेशमा रहेका नेपालीसँग सहकार्य गरेर काम गर्न निजी क्षेत्र तयार छ।’

गैरआवासीय नेपालीले विभिन्न परियोजनामा लगानी गरेको स्मरण गर्दै ढकालले मुलुकका लागि थप लगानी आवश्यक भएकाले लगानी भित्र्याउन आग्रह गरे।

नेपालको निजी क्षेत्रको नेतृत्वमा रहेका ढकालले आफ्नो गृह जिल्ला बागलुङको विकासमा आफू पनि सहकार्य गर्न तयार रहेको पनि बताए। आफू बागलुङ जिल्लाको विकट गाउँमा जन्मिएर अहिलेको अवस्थासम्म आएको उल्लेख गर्दै उनले बागलुङेहरु विदेशमा गएर सफलता प्राप्त गरेको बताए। ‘विश्वका विभिन्न मुलुकमा गएर बागलुङेहरु स्थापित भएका छन्’, ढकालले भने, ‘अब गृह जिल्लामा पनि लगानी गर्नु आवश्यक छ ।’

1000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका