जोडिनुहोस
शनिबार, असार १३, २०८३
शनिबार, असार १३, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७२ रुपैयाँको कुल ५.२६३ प्रतिशतले हुन आउने १७ करोड १९ लाख ७८ हजार ५१२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १६ करोड ३३ लाख ७९ हजार ५८६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशतले हुन आउने ८५ लाख ९८ हजार ९२६ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

4065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका