जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ब्याजदर घटाउने बैंकर्स संघको निर्णय : ११ प्रतिशत कायम !!

ब्याजदर घटाउने बैंकर्स संघको निर्णय : ११ प्रतिशत कायम  !!

बैंकहरुको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार साँझ सम्पन्न विशेष साधारणसभामा उपस्थित बैंकरहरुले छलफल गरी ब्याजदर घटाउने निर्णय गरेका हुन् । घटेको ब्याजदर माघ १ गतेदेखि लागू हुनेछ ।

माघ महिनाका लागि १.१३ प्रतिशतको दरले ब्याजदर घटाउने निर्णय गरेको बैंकर्स संघका नव नियुक्ति अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।

‘तरलता पनि केही सहज भएको र ब्याजदर बढी हुँदा कर्जा प्रवाह कम हुन गई आर्थिक गतिविधि सुस्त हुँदा सरकारको राजस्व संकलन पनि कम भएको छ, यसलाई मध्यनजर गर्दै अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याउने उदेश्यले ब्याजदर घटाउने निर्णय गरेका हौं,’ ।

अब माघ महिनाको लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुने भएको छ । त्यस्तै संस्थागत मुद्दतीतर्फको ब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुने भएको छ ।

4260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका