जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बीमितको रोजाइमा प्रभु महालक्ष्मी लाइफको ‘सर्वश्रेष्ठ आजीवन बीमा’ 

बीमितको रोजाइमा प्रभु महालक्ष्मी लाइफको ‘सर्वश्रेष्ठ आजीवन बीमा’ 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ‘सर्वश्रेष्ठ आजीवन बीमा योजना’ मा बीमितहरुको आकर्षण बढ्दै गएको छ ।

साविक प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी बीच मर्ज भई बनेको ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’ कम्पनीमा मर्जरको सिनर्जी देखिएको छ ।

साविकका दुई कम्पनीलाई गाभेर एउटै कम्पनी बनाउँदा दुबै कम्पनीको बीमालेखलाई समेत मिलान गरी बीमा बिक्री गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीको ‘सर्वश्रेष्ठ आजीवन बीमा’ योजनामा बीमितहरुको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ ।

साथै मर्जरपछि कम्पनीले १५ वटा योजना प्रचलनमा ल्याएको छ ।जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी बीमालेखहरु प्रचलनमा ल्याइएको कम्पनीले जनाएको छ ।

हाल कम्पनीले सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारिक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा, डबल धमाका बीमा, सबैको जीवन बीमा, सर्वश्रेष्ठ आजीवन बीमा, सुनौलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नती बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरु प्रचलनमा छन् ।

सोमध्ये सर्वश्रेष्ठ आजीवन बीमा बीमितहरुको रोजाइमा परेको छ । एउटै बीमालेखबाट बीमा परिपक्व समय र बीमित ८४ वर्ष पुगेपछि गरेर दुईपटक बीमांक रकम प्राप्त हुने भएकोले पनि यो बीमालेखमा बीमितहरुको आकर्षण बढ्दै गइरहेको कम्पनीले जनाएको छ ।

साथै यस बीमालेखअन्तर्गत बीमा चालु रहेको अवस्थामा नै बीमितको मृत्यु भएमा एकमुष्ट बीमाङ्क रकम र आर्जित बोनस प्राप्त समेत हुनेछ । त्यस्तै, यदि बीमा अवधि समाप्ति पछि पनि ८४ वर्ष पुग्नु अगावै बीमितको मृत्यु भएमा पुन : एकमुष्ट बीमांक रकम प्राप्त हुनेछ ।

यसका साथै बीमालेख चालु रहँदा तथा परिपक्व भएपछि पनि ८४ वर्ष नपुग्दा कुनै पनि समयमा बीमालेखमा ऋण तथा समर्पण सुविधा लिन सकिनेछ ।
यो बीमालेख न्यूनतम १८ वर्षदेखि अधिकतम ६५ वर्षसम्म उमेर समूहले लिन सक्नेछन् । साथै यो बीमालेखको न्यूनतम म्याचुरिटी अवधि १८ वर्ष र अधिकतम ७० वर्षको हुनेछ ।

बीमितहरुले न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम २५ करोड बीमांक रकमको बीमा गराउन सक्नेछन् । साथै यो पोलिसीमा दुर्घटना मृत्यु लाभ, पूर्ण रुपमा असक्तता लाभ, पूर्ण पोलिसी टर्ममा प्रिमियम छुट लाभको समेत सुविधा छ । यदि यो बीमालेख खरिद गरेका बीमित ८४ वर्षको उमेर नपुग्दासम्म बाँचेको खण्डमा पुनः बीमा रकम प्राप्त हुन्छ ।

त्यस्तै, बीमा अवधिभित्र बीमितको मृत्यु भएमा पूर्ण बीमाङ्क रकम र बोनस एकमुष्ठ भुक्तानी हुनेछ । यसबाहेक बीमा अवधि ८४ वर्ष पुरा हुनु अगावै दुर्भाग्यवस बीमितको मृत्यु भएमा बीमितको हकवालालाई पूर्ण रुपमा बीमा रकम भुक्तानी गरिने कम्पनीले बताएको छ ।

730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका