जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • सनराइज बैंकको तीन अर्बको ऋणपत्र बिक्यो

सनराइज बैंकको तीन अर्बको ऋणपत्र बिक्यो

सनराइज बैंकले निष्काशन गरेको तीन अर्ब रुपैयाँको ऋणपत्र पूर्ण रुपमा बिक्री भएको छ। छिटोको अवधिमा बिक्री नभएपछि बैंकले बिहीबारसम्म बिक्री खुला गरेको थियो।

बैंककी नायव प्रमुख कार्यकारी अधिकृत आशा राना अधिकारीले सबै ऋणपत्र बिक्री भएको जानकारी दिइन्।

बैंकले गत कात्तिक २० गतेदेखि ऋणपत्र निष्काशन गरेको थियो। जसमा सर्वसाधारणको लागि एक अर्ब २० करोड रुपैयाँ निष्काशन गरेको थियो। यसका लागि एक हजार छ सय सर्वसाधारण आवेदकले चार लाख ७१ हजार ७८३ कित्ताको लागि आवदेन दिएका थिए। सर्वसाधारणले मात्रै ४७ करोड १७ लाख रुपैयाँको लागि आवेदन दिएका हुन्।

प्राइभेट प्लेसमेन्टबाटै दुई अर्ब ५२ करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न सफल भएको हो।

बैंकले १०.२५ प्रतिशत व्याजदरमा २०८३ सम्मको अवधिका लागि ऋणपत्र निष्काशन गरेको थियो। बैंकले केहि समय अगाडि एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको थियो। यससँगै बैंकसँग चार अर्ब रुपैयाँको ऋणपत्र भएको छ। एक अर्ब रुपैयाँको लागि भने १० प्रतिशत व्याजदर थियो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्दै पर्ने व्यवस्था गरेको छ। यो ऋणपत्र बिक्री भएसँगै नेपाल राष्ट्र बैंकको निर्देशन पनि पालना हुनेछ।

बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैयाँ छ। चुक्ता पूँजी, जगेडा कोष र ऋणपत्र सहित बैंकको पूँजीकोष १६ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ।

7650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका