जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गोर्खाज फाइनान्स लिमिटेड डुवाउनेहरुको भित्री कथाः राष्ट्र बैंक बेखबर !

गोर्खाज फाइनान्स लिमिटेड डुवाउनेहरुको भित्री कथाः राष्ट्र बैंक बेखबर !

भनिन्छ अनेकौं पटक वित्तिय काण्डबाट चर्चा पाए र विकास बैंकबाट फाइनान्स कम्पनीमा घटुवा भएको गोर्खाज फाइनान्स फेरि पूर्व अध्यक्ष प्रेम बहादुर खापुङको दादागिरीले विवादमा फस्दै छ भन्दा अब चाहि फरक पर्दैन । पटक÷पटक गोर्खाज फाइनान्सलाई दुउनो गाई बनाएर घुमाउरो पाराबाट ललिता निवासमा कर्जा दिई फसेका र जग्गा नै किनेका गोर्खाज फाइनान्सका पूर्व अध्यक्ष खापुङ फेरि अध्यक्ष बन्न कम्पनी भित्रको शेयरको चलखेल देखि आफ्ना पूरानो मतियारहरु धर्म कुमार राई, डिवी योञ्जनलाई साथमा लिएर भाँडाभौलो मच्चाउन लागि परेको भेटिएको छ ।

पछिल्लो समय राम्रो प्रगति गरेको र अब चाहि बोनस दिन सक्ने अवस्थामा पुगेको गोर्खाज फाइनान्स लिमिटेडलाई फेरि विवादमा ल्याउने काम यी तीन जना राई, खापुङ र योञ्जन लागि परेको भेटिएको छ । गर्भनर साब हेक्का होस् । लाखौं लाख गरिब र निरिह जनताको शेयर रहेको गोर्खाज फाइनान्स लिमिटेडलाई फेरि जोखिम पु¥याउने काम पूर्व अध्यक्ष, तथा ललित निवास सरकारी जग्गा हडप्ने काण्डका नाईके खापुङ लागि परेका छन् भन्दा फरक पर्दैन गर्भनर साब हेक्का होस् ।

भनिन्छ प्रेम बहादुर खापुङ जो अहिले गोर्खाज फाइनान्सको अध्यक्ष बन्न अनेकौँ दाउपेचका साथ लागि परेका छन् । अनि उनी मुछिएको चर्चित काण्ड हो, ललिता निवास काण्ड । भन्दा फरक पर्दैन । स्रोतका अनुसार आगामी १८ गते हुन लागेको गोर्खाज फाइनान्स लिमिटेडको साधारण सभा तथा निर्वाचनमा अध्यक्ष तथा सञ्चालकका लागि प्रेम बहादुर खापुङले योजना बनाइरहेको देखिन्छ । उनीहरूको हातमा फाइनान्सको नेतृत्व पुग्यो भने विकास बैंकबाट फाइनान्समा झरे झैँ यो वित्तीय संस्था पुरै बन्द नै पो गराउने हुन् कि भन्ने आशंकाले बढेको देखिन्छ भन्दा फरक पर्दैन ।

सञ्चालकहरूको बदमासी र खराब कर्जाको कारण समस्याग्रस्त भएपछि बि.स. २०६९ पौष १९ गते राष्ट्र बैङ्कले गोर्खा डेभलपमेन्ट बैंक लिमिटेडलाई नियन्त्रणमा लिएको थियो । बैंक सुधारका लागि नेपाल राष्ट्र बैंकले व्यवस्थापन समूह परिचालन गरेको थियो । तत्कालीन व्यवस्थापन समूहका प्रमुख पात्र डिबी बञ्जनले १ अर्ब ६० करोड रुपैयाँ विभिन्न व्यक्तिलाई आफू खुसी ऋण दिएर बैंकलाई संकटग्रस्थ बनाएको भेटिएको थियो । उक्त बेलामा नै दिएको ऋणमध्ये कृषि प्रिमुराको मुद्दा भने हाल पनि अदालतमा विचाराधीन नै रहेको भेटिएको छ । गर्भनर साब हेक्का होस् ।

बैंक सुधारका लागि नेपाल राष्ट्र बैंकले व्यवस्थापन समूह परिचालन गरेको थियो । तत्कालीन व्यवस्थापन समूहका प्रमुख पात्र डिबी बञ्जनले १ अर्ब ६० करोड रुपैयाँ विभिन्न व्यक्तिलाई आफू खुसी ऋण दिएर बैंकलाई संकटग्रस्थ बनाएको भेटिएको थियो । उक्त बेलामा नै दिएको ऋणमध्ये कृषि प्रिमुराको मुद्दा भने हाल पनि अदालतमा विचाराधीन नै रहेको भेटिएको छ । गर्भनर साब हेक्का होस् ।

गोर्खाज फाइनान्सको ३५७ औँ सञ्चालक समितिको बैठकले खापुङलाई २०७४ माघमा सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको थियो । पूर्व सरकारी कर्मचारी समेत रहेका खापुङ फाइनान्समा अध्यक्ष भएकै बेलामा बालुवाटार ललिता निवास काण्डका योजनाकाररूपमा देखिएपछि नेपाल राष्ट्र बैंकले उनलाई अयोग्य ठहर गर्दै अध्यक्षबाट निष्कासन गरेको थियो । भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराइएको बेला डिल्लीबजार मालपोत कार्यालय अधिकृत रहेका उनलाई सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा पार्ने मुख्य योजनाकार समेत रहेको आरोप लागेको छ । उनै खापुङलाई गोर्खाज फाइनान्सको अध्यक्ष पदमा निर्वाचित गराउन भन्दै गोर्खा डेभलपमेन्ट बैंक काण्डका बञ्जन र राई नै लागिपरेको देखिन्छ ।

खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग गरेको थियो । ललिता निवास जग्गा प्रकरणको मुद्दा अझै पनि किनारा लागि सकेको छैन । भन्दा फरक पर्दैन । तर, उक्त मुद्दालाई नै आधार बनाएर नेपाल राष्ट्र बैंकले फाइनान्सको अध्यक्ष पदमा बस्न अयोग्य भनेका व्यक्ति पुन कसरी योग्य हुन्छन् होला । यस बारे राष्ट्र बैंक बोल्नु पर्दछ कि पर्दन । ३५ हजार कित्ता गोर्खाज फाइनान्समा शेयर रहेका खापुङसँग तत्कालीन गोर्खा डेभलपमेन्ट बैंकका अध्यक्ष डिबी बञ्जनका तर्फबाट उनका छोरा दृष्टान्त बञ्जन समेत फाइनान्सको नेतृत्व हत्याउन लागि परेको देखिन्छ । उनी सञ्चालकको रूपमा प्रवेश गर्ने तयारीमा रहेका छन् भन्दा फरक पर्दैन ।

खापुङ अध्यक्ष रहेका बेलामा उनले फाइनान्समा प्रोफेसनल लोनका नाममा आफन्तलाई करिब १५ करोड रुपैयाँ पैसा समेत बाँडेको भेटिएको छ । उनले त्यस बेलाका प्रमुख कार्यकारी अधिकृतलाई दबाब दिएर प्रवाह गरेको ऋण हालसम्म पनि फाइनान्सले उठाउन सकेको छैन । गर्भनर साब हेक्का होस् ।

गोर्खा डेभलपमेन्ट बैंकलाई फाइनान्समा डिमोसन गराउने खेलाडीले फाइनान्सको निर्वाचन आफ्नो पक्षमा नआउने भएपछि दुई पटक साधारण सभा समेत रोक्नका लागि मुद्दा समेत दायर गरेका थिए । फाइनान्सले गत बैशाख २१ गते साधारण सभा गर्ने मिति निर्धारण गरेको थियो तर, उक्त मितिमा खापुङ समूहले आफ्नो पक्षमा निर्वाचन परिणाम नआउने देखेपछि साधारण सभाको सूचना आफूले थाहा नपाएको भन्दै साधारण सभा रोक्न मुद्दा दायर गरेर साधारण सभा स्थगित गराएका थिए । भन्दा फरक पर्दैन ।

गोर्खाज फाइनान्सले राम्रो प्रतिफल दिन लागेका बेलामा वर्षौदेखि मारमा परेका लगानीकर्ताको आशमा तुसारापात हुन थालेको दुखेसो सुनिन थालेको छ । पुरानो कुख्यात समूह हाबी भएर गोर्खा डेभलपमेन्ट बैंकलाई डिमोसन गराएर फाइनान्स बनाए झैँ यिनीहरू नै आएमा गोर्खाज फाइनान्स लिमिटेडको नाम पनि सिध्याउन लागि परेको देखिनछ । गरिब र निरिह जनताहरुको लाखौँ निक्षेपकर्ताको निक्षेप रहेको र हजारौँ सर्वसाधारण जनता लगानीकर्ता रहेको फाइनान्सलाई पुन सङ्कटमा फस्न नदिनका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र फाइनान्सका साधारण लगानीकर्ता सचेत हुनु पर्दछ कि पर्दैन हेक्का होस् ।

5790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका