जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनएमबि बैंकको पुतलीसडक शाखामा इपेमेन्ट हब, भिसादेखि विदेश पढ्ने शुल्कसम्म एकै ठाउँबाट 

एनएमबि बैंकको पुतलीसडक शाखामा इपेमेन्ट हब, भिसादेखि विदेश पढ्ने शुल्कसम्म एकै ठाउँबाट 

एनएमबि बैंकको पुतलीसडक शाखामा एनएमबि इपेमेन्ट हबको उद्घाटन गरिएकोे छ। यस हबको प्रयोग गरी ग्राहकले भिसा शुल्क भुक्तानी, विदेश स्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पीटीइ, एसएटी, युएसएमएलइ, फ्लाइवायर स्विफ्ट, जीआरइ, एसीसीए जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्नेछन।

एनएमबि इपेमेन्ट हब स्वीकृत विधुतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकका लागि सहज र झन्झट मुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

द फाइनान्सियल टाइम्स, लन्डनको ’द बैंकर म्यागजिन’ ले एनएमबी बैंकलाई प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ बाट सम्मानित गरेको छ। बैंकले २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयर पनि पाएको छ।

बैंकका हाल २०१ शाखा, १४९ एटीएम र १२ एक्सटेन्सन काउन्टर छन्।

3375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?