जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर


पत्रकार कार्कीको निधन

नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण  निधन भएको छ।

३४ वर्षीय कार्कीको वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो। स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उनको उपचार भइरहेको थियो । कोरोना बिरुद्ध १४ दिनदेखिको उपचार कार्कीको हकमा सफल भएन। शनिबार साँझ ८:०० बजे उपचारको क्रममा उनको निधन भएको हो ।

झापाको गौरादह नगरपालिका वडा न. ४ निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाको हालसमेत तीन कार्यकाल अध्यक्ष भएका कार्की प्रेस चौतारी नेपालको पनि केन्द्रीय सदस्य हुन् । कार्की पछिल्लो समय जनताटाइम्स अनलाइनमा सम्पादकको र सौर्य दैनिकमा सहसम्पादक को जिम्मेवारीमा थिए ।

7165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका