जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • क्रिप्टो किङ बैंकम्यान फ्राइड आर्थिक धोकाधडीमा दोषी ठहर, १०० वर्ष बढी जेल सजाय हुनसक्ने

क्रिप्टो किङ बैंकम्यान फ्राइड आर्थिक धोकाधडीमा दोषी ठहर, १०० वर्ष बढी जेल सजाय हुनसक्ने

कुनै बेला विश्वकै ठूलो क्रिप्टो करेन्सी एक्सचेन्ज संचालन गरेका स्याम बैंकम्यान फ्राइड आर्थिक धोखाधडी र सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका छन्। न्यूयोर्कको एक अदालतमा भएको एक महिना लामो बहसपछि जुरीले क्रिप्टो किङ भनेर चिनिने फ्राइडलाई दोषी ठहर गरेको हो।

३१ वर्षीय पूर्व बिलिनियर फ्राइडलाई उनको कम्पनी एफटीएक्स ‘बैंकरप्ट’ भएपछि गत वर्ष पक्राउ गरिएको थियो। दोषी ठहर भएसँगै उनलाई १०० वर्षभन्दा बढी जेल सजाय हुन सक्ने स्काइन्यूजले उल्लेख गरेको छ।

‘फ्राइडले अमेरिकाको इतिहासमा नै ठूलो आर्थिक धोकाधडी गरेका छन्। उनले आफैलाई क्रिप्टो किङ बनाउन मल्टी बिलियन डलर स्किम डिजाइन गरेका थिए,’ फैसला सुनाइएपछि अमेरिकाका न्यायाधीवक्ता डेमियन विलियम्सले भने।

बैंकम्यान फ्राइडले एफटीएक्सलाई ३२ बिलियन अमेरिकी डलर ( करिब ४३ खर्ब रुपैयाँ) को कम्पनी बनाएका थिए। पछि उनले जानीजानी ‘क्लाइन्ट’को रकम हिनामिना गरेको ठहर जुरीको गरेको छ।

बैंकम्यान फ्राइड माथि लगानीकर्तासँग झुटो बोलेको, क्रिप्टो करेन्सी एक्सचेन्ज एफटीएक्सबाट बिलियन डलर रकम चोरी गरेको, कम्पनी डुबाउन साजिश गरेकोसहित धोकाधडी र सम्पत्ति शुद्धीकरणमा ‘७ काउन्ट’ मुद्दा दर्ता गरिएको थियो।

बैंकम्यान फ्राइडले भने आफूमाथि लगाइएका सबै आरोपको खण्डन गरेका छन्। उनले आफूले गल्ती गरे पनि राम्रो मनसायले काम गरेको दाबी गरेका छन्।

बैंकम्यान फ्राइडका वकिलले भने जुरीको फैसलाको सम्मान गर्ने बताएको छ। यद्यपि, फैसलाप्रति भने असन्तुष्टी व्यक्त गर्दै उनीमाथि लगाइएका आरोपहरु विरुद्ध मुद्दा लडिरहने बताएका छन्।

630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका