जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • को हुन् दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भुपेन्द्र भण्डारी ? 

को हुन् दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भुपेन्द्र भण्डारी ? 

नेपाल सरकारले इन्टरनेट तथा टेलिकम्युनिकेशन क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो।

सतहमा भण्डारीलाई बहालवाला सूचना तथा संचार प्रबिधिमन्त्रीले आफ्ना आइटी सल्लाहकारलाई उक्त पदमा नियुक्त गरेको भन्ने गरीएपनि भण्डारी आफैं वित्त व्यवस्थापन र दुरसंचार क्षेत्रमा अनुभव प्राप्त व्यक्ति हुन्। भण्डारीसंग नेपालको मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै दूरसञ्चार, सूचना प्रविधि, बैंकिङ, फिनटेक, लेखा परीक्षण, कर तथा वित्त व्यवस्थापनको क्षेत्रमा २१ वर्ष भन्दा बढी समय काम गरेको लामो अनुभव छ।

विसं २०५४ सालमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनतर्फ स्नातक पूरा गरेर भण्डारीले विसं २०६२ मा भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन गरेका हुन्। इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस भारतबाट विसं २०६२ र इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस नेपालको विसं २०६४ मा सदस्यता प्राप्त गरेका भण्डारीले भारतमै चार्टर्ड एकाउन्टेन्टस फर्ममा तीन वर्षे अतिरिक्त तालिम पनि लिए।

भण्डारीले विसं २०५९ देखि नेपालमा बैंकिङ क्षेत्रको नेतृत्व लिन सुरु गरेका थिए। उनले नेपाल श्रीलङ्का मर्चेन्ट बैंक (हाल नविल बैंकमा गाभिएको) मा कम्पनी सचिव एवम् लेखा तथा वित्त प्रमुखको जिम्मेवारी लिएर वित्त तथा व्यवस्थापन क्षेत्रको नेतृत्व लिएका थिए।

त्यसको एक वर्षपछि उनले नेपालको दुर्गम मानिने मध्यपश्चिम क्षेत्रको नेपालगञ्जमा पहिलो विकास बैंकको रुपमा कर्णाली विकास बैंक स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको संस्थापक बोर्ड सचिव तथा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए। सशस्त्र द्वन्द्वका बीचमा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै कर्णाली विकास बैंकलाई सफल बनाउन उनले महत्वपूर्ण भूमिका पनि निर्वाह गरेका थिए।

त्यसको दुई वर्षपछि विसं २०६२ मा सिएससी एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टसमा सिनियर अडिटरको रुपमा काम गरेका भण्डारीले एक वर्षपछि पशुपति विकास बैंक (हाल हिमालयन बैंकमा गाभिएको) मा प्रमुख कार्यकारीको रुपमा जिम्मेवारी सम्हालेका थिए। उनले पशुपति विकास बैंकको नेतृत्व मात्र लिएनन, चार वर्षअघि सञ्चालनमा आएर पनि लाभांश नदिएर समस्याग्रस्त बनेको बैंकमा खराब वित्तीय स्थितिको ब्यापक सुधार गरी एक वर्षभित्रै लाभांश दिने अवस्थामा पुर्याए।

उनले भारतमा रहँदा पञ्जाव नेश्नल बैंक, कार्पोरेशन बैंक, इण्डियन आयल कार्पोरेशनजस्ता स्थापित निकायमा लेखापरीक्षणको अनुभव प्राप्त गरिसकेका छन् । नेपाल र भारतमा विभिन्न निकायको कर तथा लेखा परीक्षणमा सल्लाहकारको भूमिका पनि निर्वाह गरिसकेका छन्।

चार वर्ष वर्ष बैंकिङ क्षेत्रको कुशल नेतृत्व गरेका भण्डारी सिं २०६४ देखि दूरसञ्चार क्षेत्रको नेतृत्व लिने भूमिका पुगे। स्पाइस नेपाल प्रालि (मेरो मोबाइल) मा नायव प्रमुख वित्तीय अधिकृतको रुपमा सात महिना दूरसञ्चार क्षेत्रको नेतृत्व थालेका भण्डारीले सोही वर्षदेखि दूरसञ्चार क्षेत्रकै अन्तर्राष्ट्रिय अनुभव सुरु गरेका थिए।

२०६४ सालमा अफ्रिकी मुलुक बुरुण्डीस्थित मोबाइल अप्रेटर कम्पनी लासेलको प्रमुख कार्यकारी अधिकृत बनेका भण्डारीले विसं २०७२ सालसम्म आठ वर्ष सोही कम्पनीको नेतृत्वमा समय दिए। उनले रुग्ण कम्पनीको नेटवर्क सुचारु मात्र गरेनन, तीन वर्षमै कम्पनीलाई नाफामा लए। त्यति मात्र होइन, उनको कुशत नेतृत्वको परिणाम काम थालेको चार वर्षमै लासेल बुरुण्डीको दोस्रो नम्बरको कम्पनी बन्न सफल भयो।

विसं २०७२ देखि २०७३ सम्म सिरायलिवनको इन्टरग्रुप टेलिकमको प्रमु्ख कार्यकारी अधिकृतको रुपमा नेतृत्व लिएका भण्डारी सोही वर्षको अन्तिमतिर पुनः बुरुण्डी मोबाइल नेटवर्क कम्पनी लासेलको कन्सल्ट्यान्टको भूमिकामा रहे। दश वर्ष लामो अन्तर्राष्ट्रिय अनुभव र दूरसञ्चार क्षेत्रको कुशल नेतृत्व गरेर विसं २०७४ मा उनि नेपाल फर्के। नेपाल फर्केपछि भण्डारी सूचना तथा सञ्चार प्रविधि क्षेत्रको नवीन विधा फिनटेकतर्फ प्रवेश गरे। उनि आफैले पे नेप प्रालि स्थापना गरेर २०८० जेठ सम्म (छ वर्ष) त्यसको कुशल नेतृत्व गरे।

२०८० असारमा भण्डारीको जिम्मेवारी बदलियो । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि सल्लाहकारको जिम्मेवारी सम्हाले। दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा अब्बल भण्डारीको प्रवेशले सञ्चार मन्त्रालयका प्राथमिकता नै बदलिए । लामो समयदेखि मन्त्रालयभित्र रहेका विभिन्न निकायहरुको अनियमिताहरुको औपचारिक अध्ययनमार्फत छोटो समयको बीचमा भण्डारीले नेपालको दूरसञ्चारको क्षेत्रमा सुशासनको सुरुवात गर्न महत्वपूर्ण योगदान दिएका छन्।

दूरसञ्चार क्षेत्रमा भएका भनिएका अनयिमतिताको गहिरो अध्ययन तथा प्रतिवेदन तयार, अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकहरुको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन, फ्रिक्वेन्सी नीति परिवर्तन, सेवा प्रदायकबाट भएका भनिएका कर छलि र पूँजी पलायनका घटनाको शुक्ष्म अध्ययन जस्ता सुशासनका सवालमा भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

नेपालमा सूचना प्रविधि क्षेत्रमा भए गरेका बेथितिहरु कानुनको परिधिभित्र ल्याएर राष्ट्रको हितमा हुने गरी यो क्षेत्रबाट देशको अर्थतन्त्र र रोजगारी वृद्धिमा योगदान दिनुका साथै भरपर्दो तथा उच्च गुणस्तरको टेलिकम सेवाको सुनिश्चितता गरेर अगाडि बढ्ने साथै नेपालमै बसेर राष्ट्रको सेवा गर्ने दृढ संकल्प र उच्चमनोबलका साथ काम गरिराखेका छन।

नेपालमा सूचना प्रविधि क्षेत्रमा भए गरेका बेथितिहरू कानुनको परिधिभित्र ल्याई राष्ट्रको हितमा हुने गरी यो क्षेत्रबाट देशको अर्थतन्त्र र रोजगारी वृद्धिमा योगदान दिनुका साथै भरपर्दो तथा उच्च गुणस्तरको टेलिकम सेवाको सुनिश्चितता गरेर अगाडि बढ्ने उनको दृढ संकल्प छ।

580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका