जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ बाट सम्मानित

नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ बाट सम्मानित

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा “SME Financier of the Year – Asia” अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको छ । नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि G20 को ग्लोबल साझेदारी (जीपीएफआई) द्वारा अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट सम्मानित भएको हो । आईएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैंकलाई विगतको आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगतिलाई पहिचान गरी सम्मान दिएको छ ।
एसएमईहरु अर्थतन्त्रको मेरुढण्ड हो । हाल कोभिड–१९ को महामारीबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा नबिल बैंकले रणनीतिक रुपमा एसएमई क्षेत्रको उत्थानमा ध्यान केन्द्रित गरेको छ । यसका लागि सक्रियतापूर्वक आफ्नो व्यावसाय प्रक्रियालाई नविनतम निति, तथा प्रकृया मार्˚त एसएमई क्षेत्रलाई सरल, सहज र चुस्त रुपमा कर्जा उपलब्द गराउदै आएको छ ।

यस उपलब्धिबाट बैंक सम्मानित भएसंगंै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले नबिल बैंकले कोभिड–१९ का कारण कठिनाईहरु सामना गरिरहेका एमएमई क्षेत्रलाई वित्तीय पहुँच पु¥याउन प्राथमिकताका साथ काम गरिरहेको बताउनु भयो । बैंकिङ कार्यविधिलाई प्रविधिको प्रयोग मार्फत तथा रणनीतिक योजनालाई परिवर्तन गर्दै एसएमईलाई वित्तिय पहुँच पु¥याउन ध्यान केन्द्रीत गरेको जानकारी गराउदै बैंकले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पु¥याइरहेको र यस क्रमलाई विभिन्न रुपमा जारी राख्ने समेत बताउनुभयो ।’
यस सम्बन्धमा एसएमई फाइनान्स फोरमका सीईओ म्याथ्यू गेमसेरले हरेक वर्ष धेरै प्रभावशाली संस्थाहरुले एसएमईलाई वित्तीय पहुँच पु¥याउन अविश्वनीय काम गरेको, नविनतम् प्रविधि तथा प्रयोग तथा नौलो तरिकाबाट ग्राहकलाई पहिलो प्राथमिकतामा राखेर लाभदायक र सुनिश्चित वित्तीय सेवा प्रदान गरेको पाएका बताउनुभयो । सन् २०२१ को प्रतिस्पर्धाले विगतको जस्तै बृहत उपलब्धि र क्षमतामा बृद्घि भएको समेत बताउनुभयो ।’

गत महिना पनि नबिल बैकलाई एसियाली विकास बैंक (एडीबी)ले सन् २०२१ को लागि नेपालको अग्रणी साझेदार बैंकको रुपमा मान्यता दिएको थियो । त्यस्तैगरी, नबिल बैंकले सफलता पूर्वक युरोमोनीद्वारा लगातार २ वर्षसम्म ‘नेपालकँे बेस्ट बैंक’ अवार्ड जित्न सफल भएको छ ।
सन् १९८४ देखि आफ्ना आदरणीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८८ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

2320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका